प्रकाशचन्द्र परियार
गडगडाहट तालीले पास गरिएको विधेयक नेपालीमै थियो कम्तिमा प्रथम सत्य।
अंग्रेजी वा दुरा भाषामा त थिएन नी?
सिक्किम विलय गर्न भारतले संसदीय विधि प्रकृयालाई अघि सारेको थियो जब कि तिब्बत चीनको स्वशासित अंग बनाउन हतियार।
सिक्किम भारतमा विलय गर्ने क्रममा दिल्लीबाट नियुक्त प्रशासकले सिक्किम विधानसभामा प्रस्तुत गरेको प्रस्ताब अंग्रेजीमा लेखिएको थियो, दिल्ली प्रशासकले विलयको त्यो प्रस्ताव अंग्रेजीमा पढेर सुनाउनासाथ विधायकहरूले तुरून्तै सहमति वा बिमति जनाउनु पर्ने ब्यवस्था थियो।
३२ सदस्यीय विधानसभाका २० जना सदस्य अंग्रेजी फिटिक्कै नबुझ्ने थिए। तर सबैले बढो उत्साहपूर्वक समर्थन जनाए।
भोलिपल्ट विहान अल इन्डिया रेडियो सुनेपछि मात्र सबैले थाहा पाए – उनीहरूले त आफ्नो मुलुक भारतमा विलय गर्ने प्रस्ताव पो सर्वसम्मतिले पास गरेका रहेछन् !
ऐना:
निजामति कर्मचारीको ‘कुलिङ पिरीयड’ सम्बन्धि विधेयक त नेपालीमै थियो। बढो ध्वनी मतकासाथ पारित यो विधेयक पास गर्दा भत्ता र सत्तामा मात्रै केन्द्रीत हाजिर त पक्कै होईन होला भन्न गाह्रो भईरहेको छ।
भूराजनीतिक संवेदनशील मुलुकको संसदमा यस्तो अति निम्छरो कृयाकलापवारे टाईपिष्टलाई ‘शहीद’ बनाएर पानीमाथिको ओभानो बन्ने कुरा भन्दामाथि कुनै विश्वास छैन।
परियार विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्ष हुन् । (सम्पादक)
