(आर्काइभबाट)
गोर्खा खबर ब्युरो । तरहरा
सुन्दरीको मनमा बस्ने को होला ? एक समय निक्कै चर्चित थियो यो गीत जस्तै अहिले सुनसरीको इटहरी उपमहानगरपालिका तरहरामा एउटा चर्चा चलिरहेको छ, अध्यक्ष सन्तोषको मनोनयनमा पर्ने को होला ?
तरहरा जेसिजको २३औं शाखा अधिवेशनबाट बर्ष २०२१ का लागि चयन भएका शाखा अध्यक्ष सन्तोष रेग्मीलाई आफ्नो कार्यकालका लागि नेपाल जेसिजको विधान अनुसार आफुलाई मन परेका वा सहज हुने र आफ्ना कार्यकालमा सहयोगी बनिन सक्ने तिन पदाधिकारी मनोनयन गर्ने एकल स्वअधिकार छ ।
तथापी, सुत्रहरुका अनुसार, उनलाई तिन मनोनित पदाधिकारीका लागि केही नामहरु प्रस्तावित भएका छन् । सन्तोषले यस जिज्ञसालाई पूर्णतय नकार्न सकेनन् ।
कसैबाट दवाब आएको छैन भनेर बताईरहदाँ केहीले केही नामहरु परिदिए हुन्थ्यो भनेर सिफारिससम्म गरेका तर, धेरैका चाहना मिलाएर लग्न भएको र सुक्षाब पनि त्यस्तै आएको सन्तोषले खुलासा गरेका छन् ।
सफल युवा व्यवसायी समेत रहेका कुटिल चालबाजका माहिर खेलाडी मानिने सन्तोषले गोर्खा खबरसँग कुराकानीमा मनोनयनमा पर्ने सक्ने तिन मनोनित पदाधिकारी बारे माघ १६ गते शुक्रबार हुने पदस्थपना तथा पुरुस्कार वितरण कार्यक्रममा नै घोषणा गर्ने बताए पनि जेसिजकै विभिन्न सुत्रहरुले गोर्खा खबरलाई दिएका जानकारी अनुसार, बहादुर तामाङ, नुतन लुईटेल, रीता भूषाल, उमेश वालाहाङ राई, नवराज नेपाल आदि मध्येबाट तिनलाई सन्तोष मनोनित गर्न सक्ने उच्च सम्भावना छ ।
तर, सन्तोष आफैले भने यसबारे पदस्थापना कार्यक्रमकै दिनमा मात्र घोषणा गर्न दोहोराएका छन् ।
तथापी, यी नामहरु मध्येबाट नै मनोनित हुन सक्ने स्रोतहरुका दाबीलाई पनि सन्तोषले होईन भन्ने सकेनन् । बरु, चतुर पारामा कुटिल भाषाको प्रयोग गर्दै भने, सुनेका नामहरु सत्य भए पनि हिजो छुटेका नामहरु, पछाडि परेका साथीहरुले पनि स्थान पाउन सक्ने सम्भावना पनि धेरै छन् ।
सुत्रहरुले दिएका जानकारी अनुसार, बहादुर र नुतन निश्चित जस्तै हुन् । तर, गोर्खा खबरले मोबाईल फोन मार्फत सम्पर्क गर्दा बहादुर र नुतन दुबैले अध्यक्षले इच्छाएकालाई र उनको सहयोगी बनिन सक्ने र उनको कार्यकालमा सहज हुने जेसि मध्येहरुबाट नै सन्तोषले मनोनयन गर्न सक्ने बताए ।
त्यसमा आफुहरु पर्न सक्नु खुशीको विषय भए पनि मनोनयनको विषयमा आफुहरुले अध्यक्षलाई स्वतन्त्रतापूर्वक निर्णय लिन आग्रह गरेका, दुबैको दाबी थियो ।
उनीहरु दुबैले तरहरा जेसिजमा रहेर सम्भवः भएसम्मको योगदान गरेकोले मनोनित भईए कसैको दवाब वा सिफारिसबाट नभई अध्यक्षले मुल्यकंन गरेरै भएको हुने पनि दाबी गरे ।
दुबै भावी अध्यक्षका आकांक्षीहरु पनि हुन् ।
सुत्रका अनुसार, सिनियरिटीको आधारलाई मान्ने हो भने चै उमेश अग्र स्थानमा छन् । उनी भिपि (उपाध्यक्ष), ईभिपि (कार्यकारिणी उपाध्यक्ष) र महासचिव भईसकेका जेसि हुन् ।
तर, सन्तोषले भने विधानसँगै आफ्नो इच्छा र पूर्व अध्यक्षहरुसँगको समन्वयनमा आफुले तिनजनालाई मनोनयन गर्ने भएकोले सिनियर र जुनियरको विषय गौण हुने संकेत गरेका छन् ।
यसबाट उमेश मनोनयनमा पर्न सक्ने सम्भावना छैन भनेर सहजै नभने पनि सन्तोषले संकेत भने त्यस्तै गरेका हुन् ।
जेसिजभित्र पनि सन्तोष चालबाजका लागि माहिर मानिने भएकाले नै उच्च सुत्रका अनुसार, उनले हालसम्म पनि कसैलाई पनि मनोनयन गर्छु भनेर प्रतिबद्धता चै व्यक्त गरेका छैनन् ।
जेसि सुमन दाहाल पनि अध्यक्षका दावेदार भए पनि सन्तोषलाई उमेरको हिसाबले अध्यक्ष बनिन कठिन पर्न सक्ने समस्यालाई देखेर सुमनले विशाल र उदार ह्दयले वातावरण सहज र सरल बनाईदिएको चर्चा पनि बजारमा छ ।
उता, रितासँगै सन्तोषकै गृहनगरीका नवराजको पनि सम्भावना रहेको, सुत्रहरुले जानकारी गराएका छन् ।
सन्तोषले आफ्नो गृहनगरकै नवराजको सम्भावना बारे अप रेकर्ड बोलेका छन् ।
बहादुर र नुतन लुईटेल उपाध्यक्ष र ईभिपि भईसकेका र रीता उपाध्यक्ष, ईभिपि र कोषाध्यक्ष भईसकेका छन् ।
तरहरा जेसिजमा सन् २०२१ का लागि कार्यकारिणी उपाध्यक्ष जेसि ओम खड्का, कार्यकारिणी उपाध्यक्ष जेसि चेवन खतिवडा, उपाध्यक्ष जेसि मनिष बस्नेत, उपाध्यक्ष जेसि आर्यन सुवेदी, उपाध्यक्ष जेसि राजन कोइराला, उपाध्यक्ष जेसि हिमान्सु बिस्वकर्मा, सचीव जेसि सचिन कार्की र जन सम्पर्क अधिकारी जेसि शंकर कुवर छन् ।
