मोना गुरूङ : अमेरिकी आकाशमा नेपाली सिनियर एयरमेन

0

वाल्यअवस्थादेखि नै तिक्षण बुद्धि, अध्ययनशील र दृढ आत्माविश्वास भएकी मोना सिनियर एयरम्यान भईसकेपछि अमेरिकी नेपाली समाजले पनि गर्विलो महशुष गरेका छन् ।

Mona Gurung USA 1

गुरूङ न्यूज डट कमबाट
संयुक्त राज्य अमेरिकाको संयुक्त राज्य सशस्त्र सेनाको एक शाखा, हवाई सेवा, संयुक्त राज्य वायु सेना (युएसएएफ) मा यो वर्ष युएसएएफ सिनियर एयरमेनमा (वष्ठि एयरम्यान) पदोन्नती गरेर सिमरा बारा अस्थाई तथा सुनसरी, इटहरी स्थाई घर भई हालः ज्योतीनगर, कपन, बुढानिलकण्ठ, काठमाण्डौं निवासी मोना गुरूङ अमेरिकी आकाशमा पहिलो नेपाली सिनियर एयरमेन बनिएकी छिन् । यिनी पूर्व ब्रिट्रिस गोर्खा परिवारकी नातिनी हुन् ।

नेपालकैे ठूलो करदाता कम्पनी सुर्य नेपाल (साबिकको सुर्य टोबाको कम्पनी) सिमरा, बारामा कार्यरत मेकानिकल ग्रुपका सिनियर टेक्निकल सुपरभाईजर बुवा महेश गुरूङ र आमा देबीकला (दिपा) गुरूङकी एक्ली छोरी मोना सन् २०१४ मा डिभी परेर अमेरिका पुगेकी हुन् । त्यहाँ उनले स्नातक अध्ययन गर्दागर्दै तिन वर्षअघि युएसएएफ फोर्समा भर्ना भएकी थिईन् । वाल्यअवस्थादेखि नै तिक्षण बुद्धि, अध्ययनशील र दृढ आत्माविश्वास भएकी मोना सिनियर एयरम्यान भईसकेपछि अमेरिकी नेपाली समाजले पनि गर्विलो महशुष गरेका छन् ।

सुनसरी, सखुवागाँछी, इनरुवाका अमर घले गुरूङसँग बैवाहिक बन्धनमा बाधिएकी संयुक्त राज्य सशस्त्र सेनाको हवाई सेवा शाखाकी सिनियर एयरमेन अर्थात अमेरिकी आकाशकी नेपाली अमेरिकन सिनियर एयरमेन मोना चर्चाभन्दा बाहिर रहन रुचाउछिन् । उनी जस्तै चर्चाबाट टाढै बस्न रुचाउने उनको एक्लो माईती (भाई) रोदिस गुरूङले पनि अष्ट्रेलियामा सफलतापूर्वक सूचना प्रविधिमा स्नातकोत्तर अध्ययान सकाएका छन् । उनकी भाई र बुहारी अष्ट्रेलियन नेपाली नर्स प्रिया गुरूङसँगको योजनामा मोना नेपाली समाजलाई सेवा गर्ने योजनामा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *