तरहरामा बाढी संकट, यस्तो छ मास्टरप्लान : भत्किएला घर, के छ एक्सन प्लान ?

0
news itahari 20 tarahara

तरहराको वषौंदेखिको बाढी संकट र यसको समाधानका लागि स्पष्ट मास्टरप्लान के छ ? र प्रतिनिधिसभा सदस्य लालविक्रम थापा, नगर प्रमुख हेमकर्ण पौडेल र वडाध्यक्ष मणीराम श्रेष्ठ सहितको टोलीले के एक्सन प्लान ल्याउन खोजिरहेको छ ? स्थानीय र सरोकारवलाले सरल र स्पष्ट भाषामा बुझ्न चाहिरेको छ ।

ईटहरी, तरहरा । गोर्खा खबर ब्युरो

वर्षायाम नजिकिँदै गर्दा हरेक वर्ष बाढी र डुबानको चपेटामा पर्ने इटहरी वडा नम्बर २०, तरहरा क्षेत्रलाई जोगाउन स्थानीय सरकार र जनप्रतिनिधिहरूले कस्तो एक्सन प्लान गर्दैछन् ? पानीपियादेखि जनसहयोग स्कुल हुँदै बग्ने खोलाको प्राकृतिक बहाव अवरुद्ध भएको र अनियन्त्रित अतिक्रमण बढेको वर्षौंको जनगुनासोलाई र समस्या समाधानका लागि प्रतिनिधिसभा सदस्य लालविक्रम थापा, नगर प्रमुख हेमकर्ण पौडेल र वडाध्यक्ष मणीराम श्रेष्ठ सहितको टोलीसँग के र कस्तो छ मास्टरप्लान ? गोर्खा खबरले पछिल्लो तिन दिनमा तयार पारेको समाचारका आधारमा गोर्खा खबर ब्युरोले यो प्रक्षेपण गरेको छ ।

खोलामा सुँगुरपालन र शौचालयको फोहोर सिधै मिसाउँदा जनस्वास्थ्य र वातावरणमा गम्भीर खतरा बढेको भन्दै सांसद लालविक्रम थापाले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरे पनि उनको यो चिन्ता स्टन हो कि, जनता प्रति उनी साँच्चै चिन्तित देखिएका हुन् ? स्थानीयले आशंकासहितको प्रश्न गरेका छन् । थापाले दीर्घकालीन संरक्षण र वैज्ञानिक ढल व्यवस्थापन गरिने बताईरहदाँ, उनको चिन्ता पुष्टि गर्नका लागि स्थानीयले समय हेरेर बस्नेछन् ।

सुनसरीको तरहरामा बाढी र डुबानको वर्षौँदेखिको सास्ती अन्त्य गर्न जनप्रतिनिधिहरू ऐतिहासिक ‘एक्सन प्लान’ सहित मैदानमा उत्रिनु भने सकारात्मक मान्न सकिन्छ । पानीपिया क्षेत्रको खोलामा अनियन्त्रित अतिक्रमण, सुँगुरपालन र शौचालयको सिधै मिसावटले जनस्वास्थ्य र वातावरणीय संकट वषौंदेखि निम्त्याएको भए पनि सांसद लालविक्रम थापा, मेयर हेमकर्ण पौडेल र वडाध्यक्ष मणीराम श्रेष्ठसहितको संयुक्त जनप्रतिनिधी र स्थानीय अगुवा, राजनीतिक, सामाजिक अगुवा एवम् युवाका टोलीले स्थलगत निरीक्षणमा निस्किनु, छलफल गर्नु र विषयउपर बहस हुनु युद्धस्तरमा काम अघि बढ्ने संकेत पनि कतिपयले ठानेका छन् भने कोही उति धेरै उत्साहित पनि छैनन् । बजारका घर र स्थापित बस्ती भत्काएर नागरिकलाई त्रसित वा विस्थापित गर्ने भने उपमहानगरको कुनै योजना नभएको स्पष्ट पार्दै नेतृत्वले प्राविधिक टोली र आधिकारिक नक्साका आधारमा मात्र खोलाको वास्तविक सिमाना किटानी गरेर वैज्ञानिक निकास खोजिने बताईएको छ।

स्थानीयबासीले जनप्रतिनिधिको यो जिम्मेवार र अभिभावकीय संवाद शैलीको भने प्रशंसा गरेका छन् । भविष्यमा तरहरा बजारलाई नै डुबाउने यो संवेदनशील समस्यालाई सधैँका लागि पन्छाउन नागरिकलाई मानसिक तनाव नदिई, प्राविधिक रूपमा खोलाको बहाव ब्युँताउने र ढलको दीर्घकालीन व्यवस्थापन गर्ने कदम चाल्नु अहिलेको सबैभन्दा उत्तम, व्यावहारिक र अनिवार्य विकल्प बनेको, नगर प्रमुख हेकमर्ण पौड्यालले बताएका छन् ।

तरहराको वषौंदेखिको बाढी संकट र यसको समाधानका लागि स्पष्ट मास्टरप्लान के छ ? र प्रतिनिधिसभा सदस्य लालविक्रम थापा, नगर प्रमुख हेमकर्ण पौडेल र वडाध्यक्ष मणीराम श्रेष्ठ सहितको टोलीले के एक्सन प्लान ल्याउन खोजिरहेको छ ? स्थानीय र सरोकारवलाले सरल र स्पष्ट भाषामा बुझ्न चाहिरेको छ ।

स्रोतका अनुसार, स्थानीयको घरबास भत्किने, उठिबास गर्ने/गराउने र जनतालाई त्रसित बनाई कुनै पनि एक्शन अघि नबढ्ने/नबढाईने विषयमा साझा धारणा छ ।

सांकेतिक तस्विर, एआईबाट जेनेरेट गरिएको हो । -कार्यकारी सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *