मेयर पौडेलको १८औँ गणतन्त्र दिवसको शुभकामना

0

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले १८औँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र ऐतिहासिक जनआन्दोलनको परिणामस्वरूप स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको महत्वलाई स्मरण गर्दै गणतन्त्र केवल शासन व्यवस्था परिवर्तन नभई जनताको अधिकार, समानता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यताको सुनिश्चितता गर्ने ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो।

उहाँले लोकतन्त्र तथा गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, बेपत्ता तथा आन्दोलनमा योगदान पुर्‍याउने सबैप्रति सम्मान व्यक्त गर्नुभयो।

साथै राष्ट्रिय एकता, सद्भाव, सहकार्य, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्न सके गणतन्त्रको वास्तविक अनुभूति जनताले गर्न सक्ने विश्वास व्यक्त गर्दै यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोचको सञ्चार गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *