दिव्य रोशनी साप्ताहिकको २२ औं स्थापना दिवस: विभिन्न व्यक्तित्व र पत्रकार सम्मानित

0
manita chamling (1)

धरान, ८ जेठ । दिव्य रोशनी साप्ताहिक पत्रिकाले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाको सभाहलमा एक विशेष सम्मान तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ। पत्रिकाका सम्पादक मनिता चाम्लिङको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

स्थापना दिवसको अवसरमा शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पब्लिक हाईस्कुल धरानका प्रधानाध्यापक डा. ईन्द्र मोहन झालाई दोसल्ला ओढाई विशेष अभिनन्दन गरिएको थियो।

स्थापना दिवसको अवसरमा पत्रिकाका सम्पादक मनिता चाम्लिङका बुवा (क्विन गोर्खा इन्जिनियरिङ सार्जेन्ट) स्व. प्रभुराम राईको स्मृतिमा स्थापित “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” द्वारा चिसेफायु अनलाइन मिडियाका सम्पादक निमा पोङसुवा र चलचित्र पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष सञ्जु राईलाई जनही नगद पाँच हजार पाँच रुपैयाँ र सम्मानपत्रसहित सम्मानित गरियो।

त्यसैगरी, सम्पादक चाम्लिङका दिवंगत दाजु राजु राईको स्मृतिमा स्थापित “युवा पत्रकारिता सम्मान” बाट ब्लाष्ट टाइम्स दैनिकका पत्रकार खिलानाथ विश्वकर्मा सम्मानित हुनुभयो। कार्यक्रममा सम्पादकका दिवंगत कान्छा दाजु बाजुन राईको स्मृतिमा स्थापित “सृजनशिल पत्रकारिता सम्मान (२०८३)” कोले न्यूजका रोहित कुलुङ राईलाई प्रदान गरियो भने गत वर्ष स्थगन भई थाती रहेको सोही विधाको “सृजनशिल पत्रकारिता सम्मान (२०८२)” बाट नुमाफुङ मिडियाका स्वर्णिमहाङ फोम्बोलाई सम्मानपत्र र जनही नगद पाँच हजार पाँच रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिहरू पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङ, सुनसरी अध्यक्ष सन्तोष काफ्ले, महिला संजाल धरानका अध्यक्ष सावित्री ईवारम, अग्रज पत्रकार हर्ष सुब्बा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सम्पादक मनिता चाम्लिङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आमन्त्रित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने प्रबन्ध निर्देशक सागर सिंजालीले सम्पूर्ण सञ्चारकर्मी र अतिथिहरूमा आभारसहित धन्यवाद ज्ञापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *