मेयरको प्रतिबद्धता: दमकल ल्याउने लक्ष्यका साथ खरिद प्रक्रिया तीव्र, भ्रमको पछि नलाग्न नगरबासीलाई अनुरोध

0
Mayor Hemkarna Poudel img

“सुरक्षित र समृद्ध नगर निर्माणमा सकारात्मक सोचका साथ आफ्नो अमूल्य विश्वास र साथ कायम राख्न” सम्पूर्ण नगरबासीलाई अपील

ईटहरी । नगरपालिकाले नगरबासीको सुरक्षा र आपतकालीन सेवालाई ध्यानमा राखी दमकल खरिद प्रक्रिया तीव्र गतिमा अगाडि बढाएको, जनाएको छ । नेपालको सार्वजनिक खरिद प्रक्रियाका कारण केही समय लागेको र यो स्वाभाविक भएको प्रतिक्रिया उसले दिएको छ ।

दमकल सेवा उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको अवस्थामा समेत सामाजिक सञ्जालमा राजनीतिक स्वार्थप्रेरित तत्वहरूले कपोकल्पित एवम् पूर्वग्रही रुपमा भ्रम फैलाएको र त्यस्ता प्रचार पूर्णतः कपोकल्पित, भ्रामक र निराधार रहेको नगर प्रमुख (मेयर) हेमकर्ण पौडेल निकट स्रोतले स्पष्ट पारेका छन् ।

मेयर पौडेलले यसअघि नै नगरपालिकाले आफ्नै आन्तरिक स्रोत र कानुनी प्रक्रिया अनुसार दमकल खरिद गर्ने बताईसकेको अवस्थामा पनि “दमकल किन्न चन्दा उठाउने” भन्ने प्रचार सामाजिक संजालमा देखिएकोले कसैलाई पनि चन्दा वा सहयोगका नाममा रकम नदिन र भ्रममा नपर्न अनुरोध गर्दै “सुरक्षित र समृद्ध नगर निर्माणमा सकारात्मक सोचका साथ आफ्नो अमूल्य विश्वास र साथ कायम राख्न” सम्पूर्ण नगरबासीलाई अपील गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *