सुधन गुरुङ फेरि गृह मन्त्रालयमा !

0

आफू निर्दोष रहेको र निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने गुरुङको प्रतिबद्धताले उनको निष्ठालाई थप प्रष्ट पारेको छ ।

Sudhan Gurung ex Home Minister

पूर्व गृहमन्त्री सुधन गुरुङ नेपालको तीव्र विकास र प्रशासनिक सुधारका लागि यतिबेला देशलाई खाँचो रहेको भन्दै आम जनता र राजनीतिक वृत्तबाट उनको पुनरागमनको बलियो माग उठिरहेको छ ।

काठमाडौँ । गोर्खा खबर

कति आतुर हुनुहन्छ यो खबर सत्यमा परिणत भएको सुन्न ? नेपाली जनता, विशेषगरि परिवर्तन चाहाने वर्ग, यहीँ होस् भन्ने चाहिरहेको, विभिनन कोणबाट दाबी गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्ट जोडिएको कम्पनीमा सुधनको शेयर रहेको विषयमा प्रश्न उठेपछि नैतिकताको उच्च दृष्टान्त प्रस्तुत गर्दै मन्त्री पदबाट राजीनामा दिएका पूर्व गृहमन्त्री सुधन गुरुङ नेपालको तीव्र विकास र प्रशासनिक सुधारका लागि यतिबेला देशलाई खाँचो रहेको भन्दै आम जनता र राजनीतिक वृत्तबाट फेरि गृह मन्त्रालयमा उनको पुनरागमनको बलियो माग उठिरहेको छ । देशका लागि केही सकारात्मक परिवर्तन गरेरै छाड्ने हुटहुटी भएका गुरुङले गृह मन्त्रालय सम्हाल्दा देखाएको सक्रियताको सर्वत्र प्रशंसा भएको थियो ।

आज, सोमबार गुरुङमाथि लागेका प्रश्नहरूको अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन समितिको पहिलो बैठक बस्दैछ । पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित ३ सदस्यीय समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्ययोजना तय गर्दैछ । आफू निर्दोष रहेको र निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने गुरुङको प्रतिबद्धताले उनको निष्ठालाई थप प्रष्ट पारेको छ ।

सुधन गुरुङ मन्त्रालयबाट बाहिरिएसँगै गृह प्रशासन र सुरक्षा निकायका महत्त्वपूर्ण सरुवा बढुवाका फाइलहरू रोकिएका छन्, जसले गर्दा मन्त्रालयमा उनको अभाव स्पष्ट रूपमा खड्किएको छ । देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन र गृह प्रशासनलाई पुनः गतिशील बनाउन पनि गुरुङको जस्तो द्रुत निर्णय लिन सक्ने क्षमता भएको मन्त्रीको आवश्यकता देखिएको, प्रशासन वृतको भनाई छ।

रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी नेतृत्व सुधनको कार्यशैली र इमानदारिताप्रति पूर्ण सकारात्मक छन् । उनको पार्टी मात्र नभई, आम नागरिक र शुभचिन्तकहरू समेत छानबिन समितिले सत्यतथ्य बाहिर ल्याएर उनलाई चाँडै क्लिन चिट दिने र उनी पुनः गृहमन्त्रीकै रूपमा फर्किएर देश विकासको अभियानमा जोडिएको हेर्न चाहिरहेका छन्, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको भनाई छ । नेपाली जनता पार्टीू नाम दर्ता गर्ने वा सोही नामबाट गतिविधि सञ्चालन गर्ने तयारी र चर्चा समेत रहेका प्रसाईले यो कुरामा आफु विश्वस्त रहेको समेत सञ्चारकर्मीहरुलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *