तमु ल्होसार सुनसरीको बराहक्षेत्रमा भव्य रूपमा सम्पन्न

0
tamu sunsari

तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य दिब्य राज गुरुङका अनुसार, तमु समुदायको महान् पर्व तमु ल्होसार – २०८२ सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १० स्थित प्रकाशपुर माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।

तमु हयुल छोज धि जिल्ला कार्यसमिति सुनसरीको आयोजना र जिल्ला अध्यक्ष धिरज गुरुङको अध्यक्षतामा आयोजित उक्त समारोहमा बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की प्रमुख अतिथिको रूपमा रहनुभएको थियो।

कार्यक्रममा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, महिला परिषद्की केन्द्रीय कार्यवाहक अध्यक्ष शिला गुरुङ, पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङ, केन्द्रीय सदस्यहरू दिब्य राज गुरुङ र बलिमान गुरुङ, एवं वडा अध्यक्ष तेज गुरुङ लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सुनसरीका १० वटै इकाइका अध्यक्ष तथा जिल्लाभरका तमु तमुश्योहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रमलाई सफल पार्न सहयोग पुर्‍याउने नगरप्रमुख, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कार्की तथा प्रकाशपुर इकाइका सम्पूर्ण पदाधिकारीहरूलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *