नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि सुनसरीको दोस्रो अधिवेशन सम्पन्न

0
gurung students news

इटहरी – नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि जिल्ला कार्यसमिति सुनसरीको दोस्रो अधिवेशन तथा पदस्थापना कार्यक्रम मिति २०८२ मंसिर २७ गते शनिबार इटहरी क्लब के मा अभिभावकको भूमिकामा सफलतापूर्वक सम्पन्न भएको छ। तमु विद्यार्थीहरूलाई संगठित गर्दै उनीहरूको शैक्षिक र सांस्कृतिक उत्थानमा टेवा पुर्‍याउने उद्देश्यले यो अधिवेशन आयोजना गरिएको थियो।

कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष श्री धीरज गुरुङको प्रमुख आतिथ्यता र परिषद्कै केन्द्रीय सदस्य तथा जिल्ला कार्यसमिति सुनसरीका उपाध्यक्ष दिव्यराज गुरुङ को विशिष्ट आतिथ्यता रहेको थियो। साथै, तमुस्यो ह्युल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद्की केन्द्रीय कार्यवाहक अध्यक्ष शीला गुरुङ, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति सुनसरीका सचिव दिलीप गुरुङ, तमुस्यो जिल्ला अध्यक्ष हेमा गुरुङ र संगीतकर्मीहरू यूनिश गुरुङ तथा भोलामान गुरुङ र तमु (गुरुङ) विद्यार्थी छोज धि केन्द्रीय पार्षद् सदस्य विरेन लेमा गुरुङ लगायतको उपस्थिति रहेको थियो।

दोस्रो अधिवेशनले साजन गुरुङ (अमडुवा) को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरूमा निमा गुरुङ (उपाध्यक्ष, तरहरा), डेनिश घले गुरुङ (उपाध्यक्ष, भरौल), सिमा गुरुङ (सचिव, रा.वे.), मन्जिल गुरुङ (संगठन सचिव, तरहरा), डेनिसा घले गुरुङ (प्रचार सचिव, भरौल), र सामना गुरुङ (कोषाध्यक्ष, तरहरा) रहेका छन्। यसैगरी, अरुणिमा गुरुङ, विविसा गुरुङ, यूनिका गुरुङ, बिना गुरुङ, दिलमाया गुरुङ, सिर्जना गुरुङ, सजना गुरुङ, एलिसा गुरुङ, दिपिका गुरुङ, रिमा गुरुङ र प्रीयन्का गुरुङ सदस्य पदमा निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले अब सुनसरी जिल्लाभर छरिएर रहेका तमु विद्यार्थीहरूको हकहित, शैक्षिक विकास र गुरुङ संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने विश्वास तमु (गुरुङ) छोज धि को केन्द्रीय सदस्य दिव्यराज गुरुङले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *