कामधेनु दुग्ध विकास सहकारी संस्थाद्वारा भ्रमपूर्ण आरोपको खण्डन: अध्यक्ष भन्छन्, सबै दाबी ‘मिथ्या र तथ्यहीन’
संस्थाले सबै सेयर सदस्य, दुग्ध उत्पादक किसान र शुभचिन्तकहरूलाई पूर्वाग्रह राखी फैलाइएका ‘भ्रामक, तथ्यहिन सूचनाको भ्रममा नपर्नुहुन’ समेत अनुरोध गरेको छ।
इटहरी । इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले कार्तिक १७ गते संस्थामा कार्यरत कर्मचारी प्रेम प्रसाद मिश्रको आत्महत्या प्रकरणमा तिन कार्यकाल अध्यक्ष रहिसकेका आफ्ना पूर्व अध्यक्ष, सेयर सदस्य र कर्मचारीहरूले पत्रकार सम्मेलनमार्फत संस्थाको वर्तमान नेतृत्वमाथि लगाएका सम्पूर्ण आरोपहरूको घोर भत्र्सना गर्दै खण्डन गरेको छ।
संस्थाका अध्यक्ष यादप ढकालले मिति २०८२।०८।२६ गते जारी गरेको प्रेस विज्ञप्तिमा ‘आरोप सबै मिथ्या र तथ्यहीन’ रहेको दाबी गर्दै संस्थालाई बदनाम गरी कमजोर पार्न खोजिएको षड्यन्त्र भएको ठहर गरिएको छ।
कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले संस्थाका जिम्मेवार, इमान्दार एवम् जुझारु कर्मचारी प्रेम प्रसाद मिश्र गुमाएको दुखद घडीमा संस्था परिवार स्तब्ध रहेको जनाएको छ।
संस्थाले दुःखको यो घडीमा अध्यक्ष यादव ढकालसहित पदाधिकारीहरूले व्यक्तिगत रूपमा स्वेच्छाले एक लाखभन्दा बढी आर्थिक सहयोग गरेको र संस्थागत तर्फबाट पीडित परिवारजनलाई स्थायी जागिरका लागि उपयुक्त वातावरण बनाउने काम भएको जानकारी दिएको छ।
अध्यक्ष ढकालले यस्तो संवेदनशील अवस्थामा पनि केही व्यक्तिहरूले आफ्ना निजी स्वार्थ, नेतृत्वसँगको पराजयको पीडा र किसानमाथि शोषण गर्न नपाएको विचलन का कारण पीडित परिवारलाई गलत सूचना प्रवाह गरी संस्थाको हित विपरीत कार्य गरेको ठहर गर्नुभएको छ।
संस्थाले कर्मचारी प्रेम प्रसाद मिश्रको २०८२ कात्तिक १७ गते भएको आत्महत्याको दुःखद घडीमा संस्था स्तब्ध रहेको उल्लेख गरेको छ। संस्थाले यो विषय प्रहरीको अनुसन्धानमा रहेको र सत्य तथ्य पत्ता लगाउन संस्था परिवारले सहयोग गरिरहेको जानकारी दिएको छ। संस्थाले कर्मचारी गुमाएको घटनालाई आन्तरिक कारबाही र विवादसँग जोड्नु गलत र अप्रासंगिक रहेको बताएको छ।
तिन कार्यकाल अध्यक्ष भएता पनि संस्थाको वार्षिक वित्तीय कारोबारमा कुनै पनि प्रभाव पार्न नसकेको, संस्थाको हित, उन्नती र फाईदाका लागि कुनै उल्लेख्य एवम् सम्झनालायक कान नगरेको, सेयर सदस्य संख्या वृद्धि गर्न नसकेका आरोप लगाउदै अध्यक्ष ढकालले पूर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारीलगायतमाथि गरिएको निलम्बन तथा सेयर सदस्यता खारेजीको निर्णय संस्थाको हित विपरीत कार्य गरेको ठहर गर्दै सहकारी ऐन, नियमावली र स्वीकृत विनियम अनुरुप विभिन्न मितिमा स्पष्टीकरण सोधी गरिएको र यसमा कुनै विभेद नभएको दावी गर्नुभएका छन् ।
संस्थाले कारबाहीमा परेका व्यक्तिहरूलाई गरिएका कारवाही प्रक्रिया र संस्थाका अहितका लागि उनीहरुले गरेका कुकृत्यका प्रमाण भएको भन्दै केही प्रमाणहरु देखाएर अधिकारीसहितले संस्था, नेतृत्व र व्यक्तिगत रुपमा अध्यक्षमाथि लगाएका आरोपलाई प्रमाण बेगरको भनेको छ ।
अध्यक्ष ढकालले आर्थिक अनियमितता पुष्टि गर्ने कुनै आधार नरहेको दाबी गर्नुभएका छन् ।
उहाँका अनुसार हजारौं किशानमाथि हैकम जमाउन नपाएपछि र संस्थामा “हालिमुहाली” गर्ने बाटो नै बन्द गरिदिईसकेपछि चलखेल गरिएको र हारले विक्षिप्त मनस्थितिबाट गरिएको सब चालबाजी भएको, अध्यक्ष ढकाललको दाबी छ ।
अध्यक्ष ढकालले पूर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारी र निलम्बित कर्मचारी तेज प्रसाद सुवेदी सहित ७० जनाभन्दा बढी व्यक्तिहरू संस्थाको अहितमा लाग्ने, संस्थाभित्र चलखेल गर्ने, र भ्रम सिर्जना गरी संस्थालाई हानि-नोक्सानी पुर्याउने कार्यमा संलग्न रहेको दाबी गर्नुभएको छ।
निलम्बित कर्मचारी तेज प्रसाद सुवेदीले मिति २०८२।०७।१६ गतेदेखि २०८२।०७।२८ गतेसम्मको कार्यसम्पादनको विवरणमा संस्थाको अभिलेख र जि.पि.एस. ट्रयाक नभिडेको उल्लेख गर्दै, उनले गलत स्पष्टीकरण पेश गरेको, संस्थालाई झुक्याउने र कर्मचारी प्रशासन नियमावली विपरीत अक्षम्य कार्य गरेको ठहर गरी निलम्बन गरिएको संस्थाले स्पष्ट पारेको छ।
उहाँले संस्थाको हित विपरीत कार्य गर्ने ती सबैलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पत्रकार सम्मेलनमा पाँच लाख घुस दिईएको हल्ला छ ? भन्ने प्रश्नको उत्तरमा अध्यक्ष ढकालले संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका कृष्ण अधिकारी, सेयर सदस्य मनोज दाहाल, र कर्मचारी तेजप्रसाद सुवेदीलाई कारबाही गरिएपछि उनीहरु विचलित भई लगाएका मिथ्या आरोप भएको दावी गर्नुभएको छन् ।
पीडित परिवारलाई ५ लाख रुपैयाँ दिएर घटना सामसुम पार्न खोजेको भन्ने “मिडिया ट्रायल” पनि कपोकल्पित, कृष्ण प्रसाद अधिकारीले भ्रम श्रृजना गर्नका लागि चालेका सुनियोजित चाल मध्येको एक भएको जनाउदै अध्यक्ष ढकालले अधिकारीसहित आर्थिक अपचलन गर्नेहरुको रेकर्ड फाइल खोलेर दोषी प्रमाणित भए हिनमिाना वा आर्थिक अपचलन गरिएको संस्थाको रकम आफ्नै कार्यकालमा फिर्ता ल्याउने दावी गर्नुभएको छन् ।
अध्यक्षले कृष्ण प्रसाद अधिकारीले सामाजिक संजालको दुरुपयोग गरेको र आफ्ना पक्षधर मिडियालाई प्रयोग गरेर मिडिया ट्रायल गरिरहेको आरोप लगाउनुभएका छन् । अधिकारी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् ।
अध्यक्षले कुनै पनि कार्य सहकारी ऐन, नियमावली र प्रचलित कानुन बमोजिम मात्र गरेको भन्दै, पत्रकारहरूलाई सत्य तथ्य बुझेर सूचना सम्प्रेषण गरिदिनका लागि अनुरोध गर्नुभएका छन् ।
संस्थाले सबै सेयर सदस्य, दुग्ध उत्पादक किसान र शुभचिन्तकहरूलाई पूर्वाग्रह राखी फैलाइएका ुभ्रामक, तथ्यहिन सूचनाको भ्रममा नपर्नुहुनु समेत अनुरोध गरेको छ।
कामधेनु दुग्ध विकास सहकारी संस्थालाई नेपालको अग्रणी, नमुना र अव्वल संस्थाको रुपमा चिनाउन वर्तमान संचालक समितिले विभिन्न निती, कार्यक्रम तथा योजनाहरूका साथ अगाडि बढिरहेको अध्यक्ष ढकालले विज्ञप्तिमा उल्लेख गरेका छन्।
नेतृत्वमाथि लगाएका अनियमितता तथा कर्मचारी आत्महत्या प्रकरण लुकाएको आरोपलाई संस्था पक्षले खारेज गर्दै, ती सबै आधारहीन, मिथ्या र पूर्वाग्रही रहेको दाबी गरेको छ। संस्थाका पदाधिकारीहरूले संस्थाको छवि धमिल्याउन र मिडिया ट्रायल मार्फत दबाब सिर्जना गर्न खोजिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
संस्थाका वर्तमान अध्यक्ष र व्यवस्थापनले कारबाहीमा परेका व्यक्तिहरूले लगाएका अनियमितता तथा रकम अपचलनको आरोपलाई ुनितान्त झूटो र निराधारु भन्दै खण्डन गरेका छन् । उनीहरूका अनुसार यो प्रमाण बेगरको आरोपु हो र आर्थिक अनियमितता पुष्टि गर्ने कुनै आधार छैन ।
संस्थाको लेखापरीक्षण तथा साधारण सभामा सबै वित्तीय विवरणहरू पारदर्शी रूपमा पेस भइरहेकोले यस्ता आरोपहरू तथ्यहीन रहेको संस्थाको दाबी छ।
यसैगरी, संस्थाले कारबाही पूर्वाग्रही भएको भन्ने आरोपलाई पनि ठाडै अस्वीकार गरेको छ।
संस्था पक्षको भनाइ छ कि कारबाहीमा परेका व्यक्तिहरूले संस्थाको आचारसंहिता र विनियम को गम्भीर उल्लंघन गरेका छन्। संस्थाको हित विपरीत काम गर्ने, भ्रामक सूचना फैलाउने र संस्थाको गोप्यता भंग गर्ने अधिकार कसैलाई पनि नभएकोले संस्थागत नियम पालना नगरेका कारण मात्र कारबाही गरिएको हो।
संस्थाको बुझाइमा यो ुहारले विक्षिप्त मनस्थितिु बाट गरिएको चालबाजी हो, किनभने उनीहरूलाई संस्थालाई आफ्नो व्यक्तिगत स्वार्थअनुसार चलाउन र अनावश्यक रकम अपचलन गर्न “हालिमुहाली” गर्न नपाएपछिु उनीहरू विचलित भएर संस्थाको विरुद्धमा लागेका हुन्।
कर्मचारी आत्महत्या प्रकरण लुकाएको भन्ने आरोपको सम्बन्धमा संस्थाले त्यसलाई ुगलत र अप्रासंगिकु भनेको छ।
संस्था पक्षले कर्मचारीको आत्महत्याको विषयलाई मानवीय संवेदनाका साथ हेरेर किरिया खर्चसमेत उपलब्ध गराएको र यो मुद्दा प्रहरी अनुसन्धानमा रहेकोले यसलाई संस्थाको आन्तरिक कारबाहीसँग जोड्नु उपयुक्त नहुने बताएको छ।
संस्थाले आरोप लगाउने पक्षले मिडियालाई प्रयोग गरेर ट्रायल गरिरहेको आरोप लगाएको छ। अदालत र साधारण सभाजस्ता औपचारिक निकायमा न्याय खोज्नुको सट्टा, तथ्यहीन र मनगढन्ते आरोप सार्वजनिक गरी संस्थालाई बदनाम गर्ने दुस्प्रयास भएको भन्दै संस्थाले यस्ता कार्यले निष्पक्ष न्यायलाई चुनौती दिएको जनाएको छ।
