समिक्षाः
गछिया गोल्डकपको सबैभन्दा ठूलो सफलता यसले जुटाएको सामुदायिक एकता हो, जहाँ कुनै राजनीतिक दल, जात, धर्म, वा लिङ्गको भेद नगरी सम्पूर्ण गछियावासी एकै ठाउँमा उभिएर खेलकुदलाई सामाजिक विभाजनको सेतु नभई सद्भाव र समावेशी समाज निर्माणको सशक्त माध्यम बनाए ।
नविन गुरुङ । गछिया, मोरङ
जिल्लाको सुन्दरहरैंचास्थित गछिया बजारको खेलकुद इतिहासमा सामाजिक रूपान्तरणको माध्यम बनाउने उद्देश्यसहित “लागुऔषधले लिन्छ ज्यान, गछिया समाजको आह्वान— स्वस्थ रहन खेलमा ध्यान” भन्ने मूल नाराका साथ गछिया युवा समाजको आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप–२०८२ ले आर्थिक मन्दीको चुनौतीपूर्ण परिस्थितिमा पनि ऐतिहासिक सफलता हासिल गरेकोमा प्रशंसा गर्दै समाजलाई बधाई दिन जरुरी देखिएको छ ।
स्वतन्त्र, निष्पक्ष र ईमान्दारितापूर्वक भन्दा, गछियामा यो लेभलको वृहत गोल्डकप सफलतापूर्वक सम्पन्न गर्नु चानचुने कुरा र उपलब्धि, दुबै होइन । विशेषगरीः २८ लाखभन्दा बढीको बजेटमा एउटा सामाजिक क्लबले यो जिम्मेवारी वहन गर्नुले आयोजक गछिया युवा समाजले अतुलनीय अदभूत क्षमता र सामाजिक उत्तरदायित्वको भावना झल्काएको छ ।
यथार्थ स्वीकार गर्नुपर्छ कि, जोकोहीले यतिबेला, खासगरि देशको विषम परिस्थीतिमा, यतिको हिम्मत गर्न सक्दैनन् र यतिको रुपमा भव्य, सभ्य र ऐतिहासिक रुपले गोल्डकपलाई सफल बनाउन सक्दैनन् पनि । यसकारण, गछिया युवा समाजको प्रंशसा गर्नु उचित छ र समाज धन्यवादको पात्र पनि हो ।
गछिया गोल्डकपको सबैभन्दा ठूलो सफलता यसले जुटाएको सामुदायिक एकता हो, जहाँ कुनै राजनीतिक दल, जात, धर्म, वा लिङ्गको भेद नगरी सम्पूर्ण गछियावासी एकै ठाउँमा उभिएर खेलकुदलाई सामाजिक विभाजनको सेतु नभई सद्भाव र समावेशी समाज निर्माणको सशक्त माध्यम बनाए ।

समापन समारोहमा गोल्डकपका संयोजक प्रल्हाद थोप्रा लिम्बुले यसबारे भन्नु पनि भएका थिए । लिम्बूले गोल्डकपले सम्पूर्ण समुदायलाई सकारात्मक ऊर्जा प्रदान गरेको बताउनु हुदै आगामी वर्षहरुमा पनि अझ शसक्न, अझ व्यवस्थीत र अझ फराकिलो रुपमा गोल्डकप आयोजना गर्ने बताउनुभएको थियो ।
युवा अध्यक्ष सरोज दाहाललाई सिनियरहरुबाट प्राप्त साथ, सहयोग, आर्शिवादमा उनको नेतृत्वदायी भूमिका गजबको थियो ।
प्रथम गोल्डकपले सफलताको जग बसालिसकेको छ र अब आयोजक गछिया युवा समाजले यसलाई निरन्तर रुपमा वर्षौनी यसैगरि भव्य, सभ्य र ऐतिहासिक रुपमा संचालन गर्नुपर्ने जिम्मेवारी देखिन्छ । संयोजक लिम्बुले यसको प्रतिवद्धता समापन समारोहमा जाहेर गरिसक्नुभएको छ ।
यो गोल्डकप लागु औषधविरुद्धको सामाजिक जागरण भएको र यसको प्रमुख ध्येय पनि यहीँ हुनुपर्ने विचार प्लाटुनियम स्पोन्सर आश्रय सुधार तथा उपचार केन्द्रका संचालक एवम् कार्यक्रम संयोजक सेवक (सेबक) खत्री राख्नुहुन्छ ।
आयोजकका सदस्य तथा २५ हजार आर्थिक सहयोगदाता सरोज चाम्लिङ राई सम्पूर्ण टिम र सहयोगीहरूको अथक मिहिनेत तथा विश्वासलाई सफलताको श्रेय दिँदै सामूहिक भावना बलियो भएकोले व्यवस्थापन पक्ष निकै सहज बनेको कथन गर्नु हुन्छ ।
आयोजकको इमान्दारिता र युवा पुस्तालाई सही दिशा दिन गरिएको प्रयासको खुलेर प्रशंसा गर्दै व्यवसायी समेत रहेका सरोज चाम्लिङ राई थप्नुहुन्छ, सामाजिक क्लबले सरकारको दायित्वलाई आफ्नो काँधमा लिएकोमा हामीलाई गौरवको महशुष भएको छ ।
समाजका सल्लाहकार, गोल्ड स्पोन्सर तथा एसएस क्याफे एण्ड रेष्ट्रो तथा नेपाल आदिवासी जनजाति महासंघ, सुन्दरहरैंचाका अध्यक्ष सुमन याक्खाले अन्तराष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप–२०८२ एक खेलकुद मनोरञ्जनको साधन मात्र नभई सामाजिक रूपान्तरणको शक्तिशाली हतियारको रूपमा स्थापित भएको र सीमित स्रोत तथा आर्थिक मन्दीका बाबजुद पनि उच्च मनोबल र सामुदायिक एकताका साथ यस्तो वृहत आयोजना सम्पन्न गर्न सकेकोमा हर्षित भएको बताउनुभयो ।
उहाँले गोल्डकप केवल खेलकुदको प्रतिस्पर्धाको रूपमा मात्र नभई सामाजिक अभियानको रूपमा चित्रण भएको र सकारात्मक ऊर्जा प्रदान गरेर प्रेरणादायी पाठ दिएकोमा आफुहरु सकारात्मक रुपमा उत्प्रेरित भएको, भनाई राख्नुभयो ।
