१४औँ संस्करणको धरान १० कि.मि. रन फागुन ९ गते, खुल्लातर्फ विजेतालाई ६० हजार

0
Dharan Run Img-min

धरान । स्वास्थ्य र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यका साथ धरान रन समूहले आफ्नो बहुप्रतिक्षित ‘नेवा च्यारिटी 10K रन’ को १४औँ संस्करणको घोषणा गरेको छ। यो दौड आगामी फागुन ९ गते (सन् २०२६ फेब्रुअरी २१) मा भर्चुअल माध्यमबाट विश्वव्यापी रूपमा आयोजना हुनेछ।

आयोजक धरान रनका अध्यक्ष हेमन सुनुवारले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार, यस संस्करणमा नेपाली धावकहरूको सहभागितालाई प्राथमिकता दिँदै ‘ग्लोबल प्लेटफर्म’ मार्फत देशभित्रका प्रतिभालाई बढी अवसर प्रदान गरिनेछ।

खुल्ला समूह (१६ देखि ३९ वर्ष) का विजेतालाई रू. ६० हजार, द्वितीय हुनेलाई रू. ४० हजार र तृतीय हुनेलाई रू. ३० हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

यस वर्ष दौडलाई थप समावेशी बनाउन ‘व्हिलचेयर रेस’ लाई पनि प्रतियोगितामा समावेश गरिएको छ। अन्य उमेर समूहका विजेताहरूलाई रू. ३ हजारदेखि रू. १० हजारसम्मको नगद पुरस्कार दिइनेछ।

दौडको समय मापनका लागि ११औँ संस्करणदेखि नै प्रयोग हुँदै आएको अत्याधुनिक ‘चिप टाइमिङ’ प्रणाली प्रयोग गरिनेछ।

१० किलोमिटरको रुट पुतली लाइनबाट सुरु भई देशी लाइन, पुरानो बजार, पिण्डेश्वर, विजयपुर, हातिसार क्याम्पस, रेडक्रस, अमरहाट, जिरो प्वाइन्ट, जानकी चोक, धरान रंगशाला, गणेशमान चोक, पानी टंकी, कल्याण चोक, मंगलबारे, रत्न चोक, बुद्घ चोक हुँदै भानुचोक मा पुगेर समापन हुनेछ।

संस्थाको इतिहास: २०६७ मा स्थापित र २०६८ मा दर्ता भएको धरान रन समूहले गत वर्षको १३औँ संस्करणमा करिब ४ हजार धावक सहभागी गराएको थियो। यो समूहले हरेक शनिबार यलम्वर पार्कमा ३ कि.मि. अभ्यास दौड पनि सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *