सेना परिचालनको घोषणा

0

“यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकाय आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न २०८२ भाद्र २४ गतेको राति १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँछौं,” सूचनामा भनिएको छ।

Nepal Army

काठमाडौं। देशभर फैलिएको जेनजी आन्दोलनका कारण उत्पन्न असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन सरकारले मंगलबार राति १० बजेदेखि सेना परिचालन गर्ने भएको छ। सैनिक जनसम्पर्क सूचना निर्देशनालयले एक सूचना जारी गर्दै यो जानकारी गराएको हो।

सूचनामा सेनाले अहिलेको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति पुर्याउने, लुटपाट र आगजनी गरिरहेको जनाएको छ। सेनाले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

“यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकाय आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न २०८२ भाद्र २४ गतेको राति १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँछौं,” सूचनामा भनिएको छ।

जनताको शान्तिपूर्ण आन्दोलन र सार्वजनिक सम्पत्तिको सुरक्षाबीचको द्वन्द्व बढ्दै जाँदा सरकारले यो कठोर कदम चालेको हो। यसले देशको अवस्था थप तनावपूर्ण हुने सम्भावना बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *