कानेपोखरी गाउँपालिका, वडा नं ५ का वडाध्यक्ष चरण गुरुङद्वारा पदबाट राजीनामा

0

“यो देशलाई नयाँ मोडमा धकेलेको छ र यो परिवर्तनलाई स्वीकार गर्नुबाहेक अरू विकल्प छैन,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

charan grg-min

मोरङ, कानेपोखरी – मोरङको कानेपोखरी गाउँपालिका, वडा नं ५ का वडाध्यक्ष चरण गुरुङले जेनजी आन्दोलनको क्रममा सिर्जित परिस्थिति र विद्यार्थी तथा नागरिकको ज्यान गएको घटनाप्रति नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ।

सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै गुरुङले भ्रष्टाचार र सामाजिक सञ्जालको सहज पहुँचका लागि सुरु भएको जेनजीको मागलाई बेवास्ता गरी निर्दोष नागरिकमाथि भएको ज्यादतीप्रति आफ्नो गहिरो असन्तुष्टि व्यक्त गर्नुभएको छ। “यो देशलाई नयाँ मोडमा धकेलेको छ र यो परिवर्तनलाई स्वीकार गर्नुबाहेक अरू विकल्प छैन,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

गुरुङले जेनजी आन्दोलनका शहीद भएका सम्पूर्ण निर्दोष युवाहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आफू जनचाहनाअनुसारको परिवर्तनको पक्षमा सधैँ उभिने प्रतिबद्धता जनाउनुभएको छ। यस घटनामा ज्यान गुमाएकाप्रति संवेदना व्यक्त गर्दै उहाँले एक जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गर्नुभएको हो।

कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहे पनि गुरुङको यो घोषणाले स्थानीय राजनीतिमा ठूलो तरंग ल्याएको छ। वडाध्यक्ष गुरुङको यो कदमलाई जेनजी आन्दोलनको पक्षमा एक प्रभावशाली राजनीतिक व्यक्तित्वले लिएको नैतिक अडानको रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *