सुनसरीमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्को पाँचौं अधिवेशन असोज ३ गते हुने

0

जिल्ला अध्यक्ष धिरज गुरुङ र उपाध्यक्ष दिव्यराज गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्लाको नेतृत्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको बुझिएको छ।

Gurung Tamu Sunsari img

इनरुवा, सुनसरी: तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्, जिल्ला कार्यसमिति सुनसरीको पाँचौं जिल्ला अधिवेशन आगामी २०८२ असोज ३ गते हुने भएको छ। *१६ भदौ, सोमबार बसेको कार्यसमितिको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो।

अधिवेशनलाई सफल बनाउन विभिन्न जिम्मेवारीहरू तोकिएका छन् ।

केन्द्रीय सदस्य तथा जिल्ला उपाध्यक्ष दिव्यराज गुरुङले दिएको जानकारीअनुसार, अतिथि स्वागत सत्कारको जिम्मेवारी विष्णु माया गुरुङवर्ता गुरुङलाई दिइएको छ।

त्यसैगरी, खाना तथा खाजा व्यवस्थापनको जिम्मा केशव गुरुङप्रकाश गुरुङले पाएका छन्।

यसका साथै, हल र साउन्ड सिस्टमको व्यवस्थापन वान प्रसाद गुरुङ (भोला)ले गर्नेछन् भने सांस्कृतिक कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी भवानी देवी गुरुङनर्मदा गुरुङलाई दिइएको छ।

अधिवेशनमा दर्ता व्यवस्थापनका लागि जानुका गुरुङ, मिश्रा गुरुङ,पशुपति गुरुङलाई तोकिएको छ भने हाजिरी दर्ताको जिम्मेवारी निरञ्जन गुरुङले सम्हाल्नेछन्।

जिल्ला अध्यक्ष धिरज गुरुङ र उपाध्यक्ष दिव्यराज गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्लाको नेतृत्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको बुझिएको छ।

*१६ भदौ २०८२, सोमबार हुनुपर्नेमा, अन्यथा भएकोले सच्याईएको । सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *