खोटाङ गुरुङ (तमु) सेवा समाज काठमाडौँको २५औँ स्थापना दिवस तथा रजत जयन्ती मनाइँदै, सबैलाई निमन्त्रणा

0
invitation

काठमाडौँ। खोटाङ गुरुङ (तमु) सेवा समाज, काठमाडौँले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको सुखद अवसरमा २५औँ स्थापना दिवस तथा रजत जयन्ती (Silver Jubilee Celebration) भव्य रूपमा मनाउने भएको छ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने खोटाङका गुरुङ समुदायलाई साङ्गठनिक रूपमा एकताबद्ध गर्दै आएको यस संस्थाले आगामी २०८३ असोज १७ गते शनिबार (तदनुसार ३ अक्टोबर २०२६) का दिन रजत जयन्ती समारोह आयोजन गर्न लागेको हो।

स्थापनाकालदेखि नै सामाजिक एकता, आपसी सद्भाव, संस्कार-संस्कृतिको संरक्षण तथा समुदायको हित र सेवामा निरन्तर क्रियाशील रहँदै आएको यस संस्थाले २५ वर्षको गौरवमय यात्रालाई विशेष उत्सवका रूपमा मनाउन लागेको छ।

संस्थाका अनुसार ऐतिहासिक एवं विशेष अवसरलाई थप स्मरणीय, गरिमामय र सफल बनाउन विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमहरूको रूपरेखा तयार पारिएको छ।

उक्त रजत जयन्ती समारोह काठमाडौँको सुकेधारा-४, सरस्वतीनगरस्थित ‘ए.वान क्याफे’ मा बिहान ११:०० बजेदेखि सुरु हुने कार्यक्रम तालिका रहेको छ।

संस्थाका अध्यक्ष होमनाथ गुरुङले संस्थाको यस ऐतिहासिक क्षणमा सम्पूर्ण खोटाङवासी तमु दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक तथा विभिन्न सामाजिक व्यक्तित्वहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ।

सबैको अमूल्य साथ, सद्भाव र सहभागिताले कार्यक्रमको शोभा बढाउनुका साथै संस्थाको आगामी यात्रामा थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास समाजले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *