भोटेकोशी बाढीपीडितका लागि भारतको बागडोगराबाट राहत सहयोग

0

भोटेकोशी बाढीपीडितका लागि भारतको बागडोगराबाट राहत सहयोगइटहरी, सुनसरी । नेपालमा भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि बाढीपीडितको सहयोगका लागि भारतको बागडोगरा, भुजियापानीस्थित नेपाली समाजले राहत रकम संकलन गरी नेपाल प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ।भारतको बागडोगरा भुजियापानीबाट विभिन्न कठिनाइपूर्ण यात्रा गर्दै नेपाल आइपुगेको टोलीले इटहरीमा एक कार्यक्रमको आयोजना गरी उक्त राहत रकम हस्तान्तरण गरेको हो।भुजियापानी समाजबाट संकलन भएको रु. १ लाख १ हजार १ सय रुपैयाँ बाढीपीडितको राहतका लागि सहयोगस्वरूप प्रदान गरिएको बताइएको छ।इटहरीको ऐतबारेस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा आयोजित विशेष हस्तान्तरण कार्यक्रममा रास्वपा इटहरी नगर सभापति राजन कटुवाल, इटहरी–२० का सभापति तथा स्थानीय बुद्धिजीवी, पत्रकार एवं समाजका प्रतिनिधिहरूको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो।राहत रकम हस्तान्तरण गर्न भारतको बागडोगराबाट भुजियापानीका डाइरेक्टर, सेक्रेटरी, चेयरमेनलगायत समाजका प्रतिनिधिहरू नेपाल आएका थिए। उनीहरूले विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो समाजबाट रकम संकलन गरिएको बताएका छन्।सानो भए पनि विपद्मा परेको समुदायलाई सहयोग गर्ने उद्देश्यले गरिएको यस प्रकारको सहयोगले नेपाल–भारतबीचको सामाजिक सम्बन्ध र मानवीय सहकार्यलाई समेत थप मजबुत बनाउने सहभागीहरूले बताएका छन्।कार्यक्रममा उपस्थित वक्ताहरूले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकाय, सामाजिक संस्था, प्रवासी नेपाली समाज तथा आम नागरिकबाट प्राप्त सहयोग महत्वपूर्ण हुने बताएका थिए।भुजियापानी समाज, बागडोगराको यो मानवीय पहलमार्फत संकलित रु. १ लाख १ हजार १ सय रुपैयाँ प्रधानमन्त्री राहत कोषमार्फत बाढीपीडितको सहयोगमा प्रयोग हुने जनाइएको छ।

Read more: भोटेकोशी बाढीपीडितका लागि भारतको बागडोगराबाट राहत सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *