
एम्सिदा, माल्टा । गोर्खा खबर
साउन १६, २०८२
एनआरएनए माल्टा राष्ट्रिय समन्वय परिषद्को नयाँ कार्यसमितिलाई स्वागत तथा शपथ समारोह हिजो एम्सिदामा सम्पन्न भएको छ । सोही अवसरमा नव निर्वाचित टिमलाई बधाईसहित प्रमाणपत्रसमेत प्रदान गरियो ।
निर्वाचन समितिका अनुसार निर्विरोध निर्वाचित हुनेमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा शंकर पोखरेल रहेका छन् भने अध्यक्षमा सत्यनारायण झा, महासचिवमा भक्त बहादुर भण्डारी, महिला उपाध्यक्षमा प्रभा राई, युवा उपाध्यक्षमा श्याम कुमार बस्नेत, उपमहासचिवमा किरण बुढाथोकी निर्वाचित भएका छन्।
त्यस्तै, सचिव पदमा दिपक शाही ठकुरी, भरत अर्याल र किरण बस्याल, कोषाध्यक्षमा दीपेन्द्र कार्की, सह–कोषाध्यक्षमा रेशम विक, युवा संयोजकमा सुदीप विक तथा महिला संयोजकमा प्रतिभा सार्की निर्विरोध निर्वाचित भएकी हुन्।
सदस्यतर्फ सूर्य बहादुर थापा, सन्तोष अधिकारी, सुबास लामिछाने, दिर्घ सिंह गुरुङ, सुवास पुरी, प्रकाश वान्तवा, अरुन कुमार थेबे र दर्शन लिम्बु निर्विरोध निर्वाचित भएका छन् । नयाँ समितिले संस्था तथा आप्रवासी हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनायो ।
निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक भुवन अर्यालले सामूहिक रुपमा शपथ ग्रहण गराए । कार्यक्रम उनकै अध्यक्षतामा सम्पन्न भएको थियो ।
अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का मानार्थ सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक ओलीले एनआरएनए माल्टा आप्रवासी नेपालीहरूको साझा संस्था भएको उल्लेख गर्दै संस्थाको हित र समृद्धिका लागि सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिए भने विशिष्ट अतिथि आइसीसी महिला संयोजक अनुजा प्रधानको निर्विरोध निर्वाचित कार्यसमितिलाई बधाई तथा कार्य सफलाको शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा आप्रवासी नेपाली, सामाजिक अगुवा तथा एनआरएन अभियन्ता तथा माल्टामा रहनु भएका आप्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

इटहरीका किरण बुढाथोकी उपमहासचिवमा निर्वाचित
नव निर्वाचित कार्य समितिमा मेजर पोष्टमा इटहरी उपमहानगरपालिका वडा नं. २० का युवा व्यवसायी किरण बुढाथोकी उपमहासचिवमा निर्वाचित भएका छन् । केही समयाअघि मात्र माल्टा पुगेका किरणले छोटो समयमा उपमहासचिवको जिम्मेवारी पाएका हुन् । इटहरीमा समेत उनी व्यवसायीक तथा सामाजिक क्रियाकलापमा क्रियाशील थिए ।
“उपमहासचिव जस्तो ठूलो जिम्मेवारी पाएको छु । संस्थाको विधान र नेतृत्वसँगै साथीहरुसँगको सहकार्यमा जिम्मेवारी निर्वाह गर्नेछु ।”, माल्टाबाट गोर्खा खबरसँग वाट्सएपमा कुरा गर्दै किरणले भने, “मलाई योग्य सम्झि जिम्मेवारी दिनुहुने, निर्वाचित गराउनु हुने सम्पूर्ण मान्य अग्रज र साथीहरु प्रति आभारी छु ।”


