भूतपूर्व ब्रिटिश आर्मी समाजसेवी नन्द कुमार (मेघी लामा) गुरुङ परिवारबाट ५ लाख ३० हजार सहयोग

0

सहयोग हस्तान्तरणको क्षणमा मेघी लामा गुरुङले समाजले संस्कार, संस्कृति र पहिचान जोगाउने कार्य गरिरहेको छ। हाम्रो योगदानले अझ बलियो बनोस् भन्ने कामना सहित सहयोग गरेको बताउनुभयो ।

Kathmandu news grg 5 lakhs

रूपन काजी गुरुङ । काठमाडौं,
साउन १५

खोटाङ गुरुङ तमु सेवा समाज काठमाडौंद्वारा आयोजित एक विशेष अतिथि सम्मान तथा स्वागत कार्यक्रम आज समाजको आफ्नै भवन सुकेधारामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा खोटाङ बुईपा निवासी भूतपूर्व ब्रिटिश आर्मी तथा समाजसेवी नन्द कुमार (मेघी लामा) गुरुङ, उनकी धर्मपत्नी र छोरी तथा नेर्पा निवासी भाईकाजी गुरुङलाई समाजको तर्फबाट विशेष सम्मानका साथ स्वागत गरियो ।

कार्यक्रमका प्रमुख अतिथि गुरुङ परिवारले समाजप्रति गहिरो माया र समर्पण जनाउँदै भवन निर्माणका लागि नगद पाँच लाख रुपैयाँ, आमा समूहका लागि नगद बीस हजार रुपैयाँ र युवा समूहका लागि नगद दश हजार रुपैयाँ गरी जम्मा नगद पाँच लाख तीस हजार रुपैयाँ स्वेच्छिक आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।

सहयोग हस्तान्तरणको क्षणमा मेघी लामा गुरुङले समाजले संस्कार, संस्कृति र पहिचान जोगाउने कार्य गरिरहेको छ। हाम्रो योगदानले अझ बलियो बनोस् भन्ने कामना सहित सहयोग गरेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा अध्यक्ष होमनाथ गुरुङले समाजप्रति समर्पित यस्ता सहयोगी मनहरू हाम्रो प्रेरणा हुन्। यो योगदानले हाम्रो भवन निर्माणको सपना अझ नजिक ल्याएको बताउनुभयो ।

महासचिव खेमकुमार गुरुङ (मुना) ले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै यस्ता योगदानकर्ताहरूको सम्मान र कदर सधैं गर्ने बताए ।

खोटाङ गुरुङ तमु सेवा समाज काठमाडौंको सल्लाहकार, केन्द्रीय कार्यसमिति, युवा तथा आमा समूहको तर्फबाट पाहुनाहरूलाई धन्यवाद, शुभकामना र आभार प्रकट गरिएको थियो। सहयोग हस्तान्तरणको स्मरणीय क्षणमा सहभागी सबै सदस्यहरूले खुसियाली साटासाट गर्दै फोटो सेसनमा समेत भाग लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *