
भाटभाटेनी सुपरमार्केटका संस्थापक मिनबहादुर गुरुङले आफ्नो जीवनको ठूलो सपना पुरा गर्दै बुवाआमाको सम्झनामा ९ करोड रुपैयाँ लगानीमा आधुनिक अस्पताल निर्माण गरी राज्यलाई हस्तान्तरण गरेका छन्।
भावुक मन लिएर उनले उद्घाटन कार्यक्रममा आँखा रसाएका थिए। पैसा मात्र कमाउनु ठूलो कुरा होइन, समाजका लागि केही दिन सक्नु अझ ठूलो धर्म हो भन्ने कुरा गुरुङले जीवन्त उदाहरण दिए।
उनी आफैँले भने, “म आज यति खुसी छु कि शब्दमा व्यक्त गर्न सक्दिन, यो मेरो बुबाआमाको सपना थियो।”
यो अस्पतालले सुदूरपश्चिमका हजारौं गरीब जनतालाई राहत दिनेछ, जसले सस्तो र गुणस्तरीय उपचार पाउनेछन्।
एक गोर्खाली सिपाहीबाट व्यवसायिक शिखरसम्मको यात्रा तय गरेका गुरुङ आज समाजका लागि प्रेरणाको मूर्ति बनेका छन्।
उनको यो कर्मले नेपालका अन्य सफल व्यवसायीहरूलाई पनि सामाजिक उत्तरदायित्वतर्फ लाग्न सन्देश दिएको छ।
उनको सफलता, समाजप्रतिको समर्पण र बुवाआमाप्रतिको श्रद्धाले सम्पूर्ण नेपालीको मन छोएको छ।
विकासका नाममा होइन, बफादार योगदानका नाममा स्मरणीय बनेका मिनबहादुर गुरुङ आज सम्पूर्ण देशका लागि एक उदाहरण हुन्।
जुन गाउँबाट उनी फर्किएर आएका थिए, आज त्यही गाउँमा आधुनिक सेवा पुगेको छ।
यसरी आफ्नै जन्मथलोमा अस्पताल बनाउनु भनेको केवल निर्माण होइन, आत्मासँगको सम्बन्ध निर्माण गर्नु हो।
सामाजिक सेवा केवल भाषणमा होइन, व्यवहारमा देखाउने हो भने गुरुङ जस्तो हुनुपर्छ।
उनको यो कामले “शिक्षा र स्वास्थ्यमा लगानी – दीर्घकालीन समृद्धि” भन्ने नारालाई सार्थक बनाएको छ।
आज देशले साँचिकै एक ‘नायक’ देखेको छ – जो बोल्दैन, काम गर्छ।
इटहरी १, आँपगाछीँ (लेखकसँग फेशबुकमा जोडिनका लागि यहाँ क्लिक गर्नुहोस् ।)
लेखक गोर्खा खबर, सोल्टी टिभी र तरहरा उत्सवका शुभेच्छुक सल्लाहकार हुन् । -सम्पादक
