खोटाङ गुरुङ तमु सेवा समाज काठमाडौंको दीप प्रज्वलन

0

कार्यबाहक अध्यक्ष मदन कुमार घलेले कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग गर्ने नवबुद्ध गुरुङ सेवा समाज तथा सैमल गुरुङ सेवा समाजप्रति आभार प्रकट

Kathmandu khotang gurung deep prajwalan

काठमाडौ । गोर्खा खबर

गण्डकी प्रदेश सरकारले गुरुङ तथा मगर भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने निर्णयलाई स्वागत गर्दै खोटाङ गुरुङ तमु सेवा समाज काठमाडौंको आयोजनामा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

प्रचार प्रसार विभाग प्रमुख रूपन काजी गुरुङका अनुसार, कार्यक्रममा गुरुङ र मगर समुदायको भाषिक पहिचान र अधिकारप्रति सम्मान प्रकट गर्दै विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । यस अवसरमा दीप प्रज्वलनमार्फत भाषिक समावेशिता र सांस्कृतिक पहिचानको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरियो ।

समाजका कार्यबाहक अध्यक्ष मदन कुमार घलेले कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग गर्ने नवबुद्ध गुरुङ सेवा समाज तथा सैमल गुरुङ सेवा समाजप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरे ।

महासचिव खेम कुमार गुरुङले जनाएअनुसार, कार्यक्रम शान्तिपूर्ण, सभ्य र भव्य रूपमा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *