मेरी सपनाकी प्रियसी
आर्काइभबाट
राजिन राई (हङकङ्ग )
लेखक राई
खोली दिएउ तिम्रो प्रेमको ढोका
थाहै नपाई भित्र पसी गएछु
यत्र तत्र काँडा काँडा पो देखे
स्वार्थपरता पोका पोकी पो देखे
तिमीले त प्रेम एक सुन्दर फूल भन्थेउ हैन र ?
लथालिङ्गै बेमेल छारियाका जुताहरु पो देखे
छरपस्ट झगडाका बिरुवाहरु बढ्दै गएको पो देखे
तिमीले त प्रेम एक मायाको उत्कृष्ट रुप् भन्थेउ हैन र ?
है…ट
सहनै नसकी शौचालय भित्र पसे
शौचालयको जस्केला तोडी भागे
तिमीले प्रेम एक शक्त्ति भन्थेउ ,
यो चै ठिक्कै रहेछ।
तिम्रो प्रेम रुपी सुन्दर फूल,
तिम्रो उत्कृस्ट माया,
तिमीलाई नै फिर्ता,
मात्र मलाई एक जिज्ञासा छ ह् प्रियसी
ति बेमेल जुत्तावालाहरु कता होलान आज कठै !
लेखक राई हङकङ्गका वरिष्ठ समाजसेवी हुनुहुन्छ । किरात राई यायोक्खा हङकङ्गका पूर्व अध्यक्ष राई विभिन्न संघसंस्थाका सल्लाहकार समेत हुनुहुन्छ । गीत, संगीत मन पराउनु हुने लेखक राई कविता लेखनमा गहिरो रुची राख्नुहुन्छ । उहाँका औपचारिक रुपमा प्रकाशित हुन बाँकी केही गीत, कविता र लेखहरु क्रान्तिकारी धारको र परिवर्तनकारी भावका छन् ।
-सम्पादक
