विभेदसँग जुधेर ‘इन्टरनेशनल एथलीट’

0

सन् २०१८ मा प्रदेश स्तरीय क्रस कन्ट्री च्याम्पियनशिप कि प्रदेश १ की विजेता अनिशाले सन् २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ट्रायथ्लन खेलमा सहभागिता जनाएर । भारत र तिब्बतकी खेलाडीहरुसँग उनले प्रतिष्पर्धा गरेकी थिईन् ।

Anisha Gurung-gurkha khabar-online news

गोर्खा खबर । काठमाण्डौं

गुरूङ, जातैले दृढ । गर्छु भनेपछि लगभग गरेरै छाड्छन् । अठोट लिने र आटेको कुरा पुरा गरेरै छाड्ने भएकैले गुरूङको पहिचान समाजमा पृथक छ । गुरूङ समुदायबाट साईक्लिङमा देशको प्रतिनिधित्व गर्ने साहसी ‘इन्टरनेशनल एथलीट’ अनिशा (लामिछाने) गुरूङ बारे थाहा पाएपछि यो कुरा झन पुष्टी हुन्छ ।

पहाडी भेग, संकुचित विचार र, परम्परागत मानसिकताले जक्डिएको समाजलाई एथलेटिक्स र आफ्नो लक्ष्य बारे बुझाउन त के, भन्न नै कष्टकर थियो । त्यसमाथि छोरीमाथिको लैंगिक भेद्भाव अर्को टाउको दुखाई थियो । यद्यपी, अनिशा आफ्नो लक्ष्यबाट किञ्चित विचलित भईनन् । किनकी उनी गुरूङ थिईन्, जातैले दृढ । अठोट लिने र गर्छु भनेपछि आटेको कुरा पुरा गरेरै छाड्ने । त्यसमा, आफ्नो सहनशीलता उनको लागि ठूलो शक्ती बन्यो । गाँउघरबाट पर्याप्त सहयोग नपाए पनि भविष्यमा एक एथलीट बन्ने आफ्नो सपनालाई उनले तुहिनु दिईनन् । फलतः धरान प्रवेशपछि उनको दृढ संकल्पले क्रमबद्धः गती लिदै गयो । लैंगिक विभेदमा परेकी धनकुटाकी अनिशाले धरानबाट शुरु गरेकी उनको साईक्लिङ यात्रा काठमाण्डौं हुदै अन्तराष्ट्रियस्तरमा पुराईन् ।

सन् २०१८ मा प्रदेश स्तरीय क्रस कन्ट्री च्याम्पियनशिप कि प्रदेश १ की विजेता अनिशाले सन् २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ट्रायथ्लन खेलमा सहभागिता जनाएर । भारत र तिब्बतकी खेलाडीहरुसँग उनले प्रतिष्पर्धा गरेकी थिईन् ।

यसै वर्ष सन् २०२० मा भारतको हिमाली राज्य उत्तराखंड राज्यको पौरी गढवाल जिल्लामा नोभेम्बर १९ देखि २२ गतेसम्म उत्तराखण्ड पर्यटन विभाग र पौरी जिल्ला प्रशासनले आयोजना गरेको नयारघाटी एडवेंचर फेस्टिवल २०२० मा महिला तर्फको माउन्टेन बाइक कम्पिटिशन (प्रतियोगिता) मा नेपालकी यी २२ वर्षीया अनिशा उपविजेता बनिएकी थिईन् ।

उत्तराखंडका मुख्यमंत्री त्रिवेंद्र सिंह रावतले उद्घघाट्न गरेको सो फेस्टिबलमा पौरी डिस्ट्रिक (जिल्ला) मजिस्ट्रेट धीरज गर्ब्यालले त्यसबेला अनिशासँगै नेपालका सहभागीहरूको खुलेर प्रशंसा गरेका थिए ।

अनिशाको यो सफलता प्रति बल्ल समाजले गर्व गर्न थालेका छन् । समाज खुशीले गद्गद छ । तर, अनिशा भने खुशी छैनन् । किनकी, सामाजिक विभेद, संकुचित विचार र, परम्परागत मानसिकता अझै पनि उस्तै रहेको, उनको महशुष छ । यही कारण पिछाडिएका छोरी जातलाई अगाडि ल्याउने उनको दृढ संकल्प र “भेडो” (एकोहोरो) लक्ष्य उनको छ । भन्छिन्, “म कट्टर एडभेन्चर बन्ने चाहना राख्छु । र, सबै छोरीहरुलाई घरेलु, कानूनी, सामाजिक र राजनीतिक प्रतिबन्धहरुबाट मुक्त पारेर बाहिरी क्षेत्रमा अग्रसर बनाउने संकल्प गर्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *