इटहरीमा संयुक्त भू.पू. सैनिक क्लबको साधारण सभा तथा अधिवेशन हुने
इटहरी, सुनसरी । गोर्खा खबर
सुनसरीको इटहरीमा क्रियाशील ‘संयुक्त भू.पू. सैनिक क्लब’ को साधारण सभा तथा अधिवेशन आगामी जेठ ३० गते शनिबार आयोजना हुने भएको छ। क्लबले एक सूचना जारी गर्दै सम्पूर्ण भू.पू. सैनिक परिवारहरूलाई उक्त कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
क्लबका अध्यक्ष क्याप्टेन धन कुमार राईका अनुसार, संस्थाको आगामी कार्यदिशा तय गर्न र संगठनलाई अझ सुदृढ बनाउनका लागि यो साधारण सभा तथा अधिवेशन निकै महत्त्वपूर्ण रहेको छ।
त्यसैले सुनसरीका इटहरी वडा नं. १, १९ र २० क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण भूतपूर्व सैनिक सदस्य तथा उनीहरूका परिवारलाई समयमै उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल पारिदिन अध्यक्ष राईले विशेष आग्रह गर्नुभएको छ।
संयुक्त भू.पू. सैनिक क्लब, इटहरी-२०, तरहरामा आगामी २०८३ साल जेठ ३० गते, शनिबार, दिनको ११:३० बजे कार्यक्रम हुने कुरा सह-सचिव कौशिला राई (गुरुङ) ले जनाउनुभएको छ। क्लबले आफ्नो स्थापना कालदेखि नै भूतपूर्व सैनिकहरूको हकहित र सामाजिक कार्यहरूमा सक्रिय भूमिका खेल्दै आएको छ।

