काठमाडौँ — नेपाली सिनेउद्योगमा चर्चित निर्देशक मिलन चाम्सले आफ्नो नयाँ प्रेमप्रधान फिल्म ‘सुम्निमा’ को तयारी तिब्र पारेका छन्। र, यसपटक मुख्य भूमिकामा दुई लोकप्रिय अनुहार दर्शकले एकैपटक पर्दामा देख्न पाउने भएका छन्।
हालै मोडल तथा अभिनेता कुन्साङ बमजन फिल्मको मुख्य नायकका रूपमा अनुबन्धित भएका छन्। यसअघि उपासना सिंह ठकुरी अभिनेत्रीको रूपमा चयन भइसकेकी थिइन्, र अब यी दुईले पर्दामा रोमान्सको नयाँ रंग भर्ने पक्का भएको छ।
कुन्साङ बमजनका लागि निर्देशक चाम्सको टिमसँग काम गर्न पाउनु उनीका लागि ठूलो अवसर मानिएको छ।
सुम्निमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ निर्माण गर्न लागिएको र यसमा युनिभर्सल प्रेमकथा प्रस्तुत गरिने निर्देशक चाम्सले जानकारी दिएका छन् । फिल्म गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्ट को सहकार्यमा बन्नेछ।
राजीव थापाको लेखन रहेको यो फिल्मको छायांकन आउँदो अगस्ट महिनामा लन्डन र नेपाल दुवै स्थानमा हुनेछ। निर्देशक चाम्सको गत वर्षको सफल फिल्म ‘अञ्जिला’ पछि यो अर्को बहुप्रतिक्षित प्रोजेक्ट हो।
अब हेर्न बाँकी छ — कुन्साङ र उपासनाको केमिस्ट्री दर्शकको मनमा कत्तिको बस्न सफल हुन्छ !
