ग्रामीण पत्रकार समुहको स्थापना दिवस मनाउदै गर्दा आफुलाई लागेको केहि कुरा
हिमाल राई
वराहक्षेत्रको ग्रामीण क्षेत्रमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्नेहरूको पेसागत हक, हित,अधिकार,एकताको लागि आवाज बुलन्द रुपले उठाउनु पर्छ भन्ने सोचका साथ वराहक्षेत्र,भरौल,प्रकाशपुर,झुम्का,पकली,खनार, दुहबी लगायतका ग्रामीण क्षेत्रलाई आफ्नो कार्मथलो बनाई पत्रकारिता गर्ने साथि, भाईहरुलाई समेटने उद्देश्यका साथ वि.सं. २०६५ सालमा सुनसरी जिल्लाको भरौलको कालाबञ्जारमा मेरै अग्रसरतामा ‘ग्रामीण पत्रकार सञ्जाल’को स्थापना भएको इतिहास रहेको छ।
म अध्यक्ष, उपाध्यक्षमा दुर्गा बहादुर बस्नेत, सचिव सन्तोष गुप्ता र अन्य साथि-भाईहरु बाबुराम कार्की, नवराज विष्ट, प्रदीप चौधरी लगायतको तदर्थ समिति गठन भएको कुरा अवगत चाहन्छु। नेपाल पत्रकार महासंघ सुनसरीको वि.स. २०५८ वैसाक १ गतेबाट मैल वराहक्षेत्रको प्रतिनिधित्व गरेर पहिलो सदस्यता लिएको थिएँ । क्रम संख्यामा २९ औं स्थानमा मेरो नाम दर्ज थियो। अहिलेसम्म पनि पत्रकार महासंघ सुनसरीको सदस्यतालाई निरन्तरता दिदै ग्रामीण क्षेत्रमा वसेर सत्य, तथ्य, यथार्थ तथा समय सापेक्षित कुरामा कलम चलाइ समाज प्रतिको पत्रकारिताको माध्यमबाट उत्तरदायित्व निर्भाह गर्दै आइरहेको छु। हाल पत्रकार महासंघ सुनसरीको क्रमसंख्या २७ अौ मा मेरो नाम दर्ज रहेको छ। गाउँ,वस्तिमा बसेर पत्रकारिता गरेको दिन, हप्ता,महिना,वर्षौहरु बिते पनि गन्तीमा परीदैन्थो-परिदैन पनि। पत्रकारहरुको नेतृत्वले ग्रामीण क्षेत्रका पत्रकारलाई गर्ने व्यवहार हेर्ने दृष्टिकोणमा फरक महसुस हुन्थ्यो। गाउँमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्ने व्यक्तिहरूको सशक्तीकरण गर्नु त परै जाओस् प्रोत्साहन/हौसेला स्वरुप सम्मान गर्नेहरुको समेत अभाव थियो र आज सम्म पनि छ। यसरी अभाव,फरक दृष्टिकोणका बीच वराहक्षेत्रको ग्रामीण बस्ती(गाउँमा बसेर मैंले शसस्त्र द्वन्द कालमा पनि पत्रकारिता गरेको थिए। दन्द्दकालिन समयमा वराहक्षेत्रमा माओवादी विरुद्ध प्रतिकारको समचार लेखेको विषयमा माओवादीहरुका कार्यकर्ताले मलाई चतरा बजारबाट अपहरण गरेर शप्तकोशी नदिमा काठे डुङ्गा चडाएर उदयपुर जिल्लाको मैनामैनी गाउँ९हाल बेलाका नगर पालिका वार्ड नं ८ नया पुल सप्तकोशीमा०पुर्याएर ४ दिनसम्म माधव राईको धरमा राखेका थिए।
स्थानीय शुभचिन्तक पत्रकार, नागरिक समाज, मानव अधिकारवादी संघ-संस्था र माओवादी भित्रकै असल आचरण र वैचारिक व्यक्तित्वहरुको सहयोगले म सकुसल अपहरणमूक्त भएँको थिए। मान्छे जिवित छ इतिहास साक्षी रहेको छ। जुन उद्देश्यका साथ ग्रामीण पत्रकार समुह स्थापना भएको थियो। ग्रामीणले स्थापना दिवस मनाउदै गर्दा तथा सम्मान वितरण गर्दा ग्रामीण क्षेत्रका बिगतदेखि हालसम्म के कति जना कृयासिल पत्रकारहरु के कस्तो अवस्थामा छन ? पत्रकारहरु हकहित अधिकारको वारेमा आजसम्म ग्रामीणले के के काम गर्यो ? पद ओगटने मात्रै समुह बसेको हो कि के हो ? आफ्नो पेसा प्रतिको उत्तर दायित्वको के हो ? वराहक्षेत्रबाट प्रकाशित भएको पहिलो पत्रिका कुन हो ? ग्रामीण पत्रकारिता सन्जाल स्थापना गर्ने सदस्यहरुलाई समुहमा समेटन सकेको छन/छैन्न ? बराहक्षेत्रको ग्रामीण बस्तीवाट पत्रकारिता गर्ने पहिलो व्यक्ति को हो ? सम्मान दिदा ग्रामीण क्षेत्रबाट निरन्तर पत्रकारिता माध्यवाट समाज तथा राष्ट्रलाई योगदान गर्ने पत्रकारहरुको कामको मुल्यांकनको आधारमा सम्मान दिदा उचित होला । सम्मान पाउने पत्रकारले पत्रकारिताको माध्यमबाट ग्रामीण बस्तीका आवज विहिनहरुको आवाज, समाज तथा राष्ट्रलाई के दिन सके भन्ने र यो सम्मानको लागि आफु हकदार हो होइन भन्ने बुझ्न जरुरी छ। कागजको खोस्टाको सम्मान लिएर घरको भित्तामा टास्नुको कुनै अौतित्य देख्दिन।
सम्मानको पाउने पत्रकारहरु तथा दिने सस्थाको बिषयमा चिया पसलमा खुसी टिउरी तथा हाँसोको पात्रहरु बन नपरोस् ।
जय ग्रामीण क्षेत्रको पत्रकारिता ।
(व्यक्त विचार लेखकको निजी हुन् । गोर्खा खबर वा यसको प्रकाशक/सम्पादक जवाफदाही नरहेको व्यहोरा जानकारी गराईन्छ । – सम्पादक)
