चलचित्र विकास बोर्डको प्रदर्शकलाई बक्सअफिस तथ्यांक पेस गर्न अनुरोध

0

बोर्डले प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघलाई समेत पत्र लेखेको छ ।

Kathmandu Chalchitra bikash board press release

काठमाण्डौं । लोकल खबर

चलचित्र विकास बोर्डले देशभरका १६६ हललाई बक्सअफिस तथ्यांक उपलब्ध गराउन अनुरोध गर्दै पत्र लेखेको छ ।

असार १६ गतेदेखि रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली संचालनमा आएको जनाउँदै बोर्डले तथ्यांक पेश गर्न निर्देशन दिएको हो । तथ्याङ नदिने हललाई कानूनको उल्लंघन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कारवाही गर्ने चेतावनी समेत पत्रमा उल्लेख छ।

बोर्डले प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघलाई समेत पत्र लेखेको छ ।

बोर्ड स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली सुरु भएको जनाइएको थियो। बोर्डका अनुसार एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइलमा बक्सअफिसको एप संचालनमा आइसकेको छ भने एप्पलको आइओएस अपरेटिङ सिस्टममा आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *