नडराई, जनसहयोग र तरहराको लागि यति बोलौं

0
Janasahayog article

यहाँ कसैले जितेको वा हारेको छैन; शैक्षिक मन्दिरभित्र राजनीति र निर्वाचन हुनु हामी सबैको, हाम्रो सामूहिक हार हो । यसर्थ, वास्तवमा चै हामी सब हारेका छौं ! म स्वीकार गर्छु । तिमी गर या नगर, यो तिम्रो विवेक र अधिकारको विषय हो/हुनजान्छ ।

नवीन गुरुङ

शिक्षाको मन्दिरमा हामी विभाजित भई निर्वाचनसम्म पुग्नुले नै यो हाम्रो तरहराभित्र हामी कस्तो सोच, चरित्र र प्रवृत्तिका पात्र छौं ! भन्ने कुरा घृणलाग्दो ढंगले उजागर गर्ने ऐना बनेको छ । यो युवालाई अझै लाज लागिरहेको छ किनकी घिनलाग्दो हाम्रो स्वरूप देखाएर हामी आफैं संसारसामु उपहासको पात्र बनेका छौं। लाजशरम नहुनेका लागि होईन यो पवित्र निस्वार्थ विचार यसर्थ नपढ्न अनुरोध ।

यहाँ कसैले जितेको वा हारेको छैन; शैक्षिक मन्दिरभित्र राजनीति र निर्वाचन हुनु हामी सबैको, हाम्रो सामूहिक हार हो । यसर्थ, वास्तवमा चै हामी सब हारेका छौं ! म स्वीकार गर्छु । तिमी गर या नगर, यो तिम्रो विवेक र अधिकारको विषय हो/हुनजान्छ ।

हामी राजनीतिक दलसँग आवद्ध हुन सक्छौं, आफ्ना वैचारिक धारणाहरू राख्न सक्छौं, तर कलेजभित्र “मेरो टिम–तिम्रो टिम”, “यो जात–त्यो जात” भन्ने विभाजनकारी राजनीति स्वीकार्य हुनु हुँदैन । सचेत, विवेकी र सभ्य समाजले तरहरालाई राजनीति, दल, जात, धर्म, क्षेत्र, लिङ्ग र वर्गभन्दा माथि राख्न सक्नुपर्छ ।

६० वर्ष माथिकाहरू जोकोही हाम्रा सल्लाहकार, अभिभावक भई सबै क्षेत्रमा समाज, हामी युवा र देशलाई सल्लाह, मार्गदर्शन दिई, आफ्नो अनुभव र ज्ञान बाडेर योगदान दिन सक्छन् । यो मेरो आवाज, कुनै एक उम्मेदवार, जात, गुट–उपगुट, क्षेत्र वा समूह लक्षित होईन, नेतृत्व युवाले गर्नुपर्छ अब भन्ने हो ।

चाहे त्यो तिम्रै राजनीतिक दल, तिम्रै त्यो जात, गुट–उपगुट, क्षेत्र वा समूहको होस् तर, अनिवार्यता चै के भने, उनी क्षमता, अनुभव र कार्यकुशलता भएका हुनुपर्छ; सकभर विज्ञ, सोही क्षेत्र, पेशाको ।

सुन, बुझ र कान खोल, कुनै पनि निकाय, संस्थामा सीमाना, मर्यादा, नियम र सर्तहरू तय भएन भने विकृत मानसिकता, तानाशाही र अराजकता निम्ताउछ । यसले विद्यार्थीहरूको भविष्य र तरहरालाई गम्भीर रूपमा क्षति पुर्‍याउनेछ। चिन्ता यति हो ।

नयाँ नेतृत्वले सबैलाई समेटेर जनसहयोग कलेज, यसका विद्यार्थी, शिक्षक, कर्मचारी र तरहराको शैक्षिक भविष्यको हितका लागि एकताबद्ध भएर काम गरोस, आग्रह गर्दछु। रिट्यार्ड लाईफमा पनि सक्रिय हुन्छु भन्ने खगेन्द्र गिरी र निर्वाचित टिमलाई हाम्रो जनसहयोग कलेज समृद्धिमा अर्को ईट्टा थप्न सकोस् शुभकामना, शुभेच्छा । सत्कार्यमा साथैं छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *