आश्रय सुधार केन्द्र परिवारले क्यान्सर पीडित परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

0

न् । अहिलले सेवक खत्री परिवर्तन, विवेक र सामुदायिक सेवासँग जोडिएको एक शक्तिशाली नाम बनिएका छन्

Sewak Khatri.jpg2-min

सुन्दरहरैंचा (मोरङ) । समाजिक उत्तरदायित्वको भावनालाई उच्च राख्दै मोरङ, सुन्दरहरैंचा, गछियामा रहेको आश्रय सुधार केन्द्र परिवारले क्यान्सर पीडित परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ।

सुन्दरहरैंचा-६, सूर्योदय टोल निवासी क्यान्सर पीडित कमला दर्जीको अत्यन्त नाजुक आर्थिक अवस्थाका कारण खान लाउनसमेत समस्या भएको जानकारी पाएपछि आश्रय सुधार केन्द्र परिवारले उनको घरमै पुगेर नगद र खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो। यस सहयोगले पीडितको घाउमा थोरै भएपनि मलम लगाउने काम गरेको केन्द्रले जनाएको छ।

आश्रय सुधार केन्द्रका संस्थापक तथा कार्यक्रम संयोजक सेवक खत्री समाज सेवा र राष्ट्र निर्माणमा निरन्तर सक्रिय छन्। उनी सामाजिक, धार्मिक, सशक्तीकरण, फुटबल र खेलकुद जस्ता विभिन्न क्षेत्रमा सक्रिय रूपमा संलग्न छन्।

जहाँ धेरै मानिस आफ्नो विगतको जालमा फसेका हुन्छन्, त्यहाँ सेवक खत्री परिवर्तन र आशाको किरण बनेर उभिएका छन्। र, अनगिन्ती अरूलाई पनि त्यही गर्न मद्दत गरिरहेका छन् । अहिलले सेवक खत्री परिवर्तन, विवेक र सामुदायिक सेवासँग जोडिएको एक शक्तिशाली नाम बनिएका छन् र सामाजिक कार्यहरू मार्फत उनले युवाहरूलाई नकारात्मकतालाई अस्वीकार गर्न र अनुशासन, जिम्मेवारी, र सामाजिक जिम्मेवारी, दायित्व र सद्भावलाई अँगाल्न प्रेरित गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *