‘युथ आइकन’ सेवक खत्रीले सुन्दरहरैंचा र इटहरीमा ‘वाटर एटिएम’ (नि:शुल्क खानेपानी स्टेसन) सञ्चालन गर्ने

0

खत्रीले भने, “हाम्रो केन्द्र विगतदेखि नै सामाजिक सेवामा सक्रिय छ। हामी समाजमा रहेका विकृति र विसङ्गतिविरुद्ध काम गर्दै आएका छौँ। हाम्रो एक मात्र उद्देश्य सेवा, समाज रूपान्तरण र युवा विकास हो।”

4WATER ATM

बुधवार, २९ श्रावण २०८२

इटहरी । तरहरा उत्सव २०२५ मा ‘युथ आइकन’ बाट सम्मानित हुन लागेका सेवक खत्रीले सुन्दरहरैंचा र इटहरीमा ‘वाटर एटिएम’ (नि:शुल्क खानेपानी स्टेसन) सञ्चालन गर्ने भएका छन्। सुन्दरहरैंचा–३, गछियाँ, मोरङमा रहेको प्रदेशकै उत्कृष्ट ‘आश्रय सुधार तथा उपचार केन्द्र’ का निर्देशक खत्रीले तरहरा उत्सवको टोली समन्वयमा यो अभियान सुरु गर्न लागेका हुन्।

खत्रीले सुन्दरहरैंचाको विराटनगर चोक र १५ दिनका लागि सुनसरीको इटहरीमा निःशुल्क चिसो जारको पानी वितरण गर्ने बताए। तरहरा उत्सवले खत्रीलाई एक उदाहरणीय सामाजिक अभियन्ता र युवाहरूको पथप्रदर्शकका रूपमा प्रशंसा गरेको छ।

‘वाटर एटिएम’ को मुख्य उद्देश्य निःशुल्क चिसो पानी उपलब्ध गराउनु रहेको बताउँदै खत्रीले भने, “हाम्रो केन्द्र विगतदेखि नै सामाजिक सेवामा सक्रिय छ। हामी समाजमा रहेका विकृति र विसङ्गतिविरुद्ध काम गर्दै आएका छौँ। हाम्रो एक मात्र उद्देश्य सेवा, समाज रूपान्तरण र युवा विकास हो।”

गत वैशाखदेखि इटहरी–२०, तरहरामा तरहरा उत्सवले १९ जारसम्म निःशुल्क चिसो पानी वितरण गरिरहेको छ। हाल श्रावण महिनादेखि पाथिभरा इन्टरटेनमेन्ट (साविक पाथिभरा ग्रुप) ले २४ सै घण्टा पानी वितरणका लागि सहयोग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *