नवीन गुरुङ
राजनीतिक दलका झोले मिडिया र पत्रकार सुधन गुरुङलाई अतिरञ्जित तरिकाले उनले बोलेका कुरा र तथ्यलाई तोडमोड गरी गलत देखाउने, बदनाम गर्ने र नकारात्मक पात्रको रूपमा चित्रण गर्दै अरूलाई उत्तेजित बनाउने र उक्साहट गर्ने काम गरिरहेका छन् ।
“संविधान फाल्ने कि नफाल्ने दोधारमा छु” भन्ने वाक्यांशको शाब्दिक अर्थ संविधानलाई मान्ने कि नमान्ने भन्ने दुविधामा आफु रहेको भनि सुधन गुरुङले भन्न चाहेको र उनको गहिरो अर्थको अभिव्यक्तिले वर्तमान संवैधानिक व्यवस्थाप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै यसलाई सुधार गर्ने कि पूर्णरूपमा खारेज गर्ने ? भन्ने विकल्पमाथि उनी गम्भीरतापूर्वक सोचमा डुबेको स्पष्ट पार्छ । सुधनले अहिलेको प्रणालीको औचित्यमाथि प्रश्न उठाउदै आफुले आफैसॅग गरेको वैचारिक द्वन्द्व बारे सरल र सर्वसाधारणले बुझ्ने भाषामा भन्दा यसलाई अतिरञ्जित गरि समाचार बनाउने मिडिया, नबुझ्ने पत्रकार र मजाक ठान्ने ठालुलाई स्पष्ट होस्, यो मजाक होइन, सुधनको गम्भीर प्रश्न र गहिरो चिन्ता अनि वास्तविक सरोकार हो ।
यो संविधानले जनतालाई अझ पनि न्याय, समानता र आशा दिन नसकेकोले सुधनले जवाफदेहिताको आह्वान गरेको हो—संविधान केवल शब्दमा लागू भएको छ कि वास्तवमै आत्मामा कार्यान्वयन भएको छ? भनि प्रश्न तेर्साएको नबुझ्नु झोले मिडिया र पत्रकारको कमजोरी होइन, दास प्रवूति हो । यति पनि नगरे, नलेखे भिखारी झोले मिडिया र पत्रकार विचरोहरूका दानापानि रोकिन्छ भन्ने भय छ ।
यी अनावृत मिडिया र यस्ता चरित्रका पत्रकार पात्र प्रति दया गरौं र उनीहरूलाई केवल दया लाग्ने पात्रको रूपमा हेऱौं । कम्तिमा म चै यस्ता चरित्रहीन, तल्लो स्तरका “अशक्त” नाङ्गा वा निर्वस्त्र चरित्र र पात्रलाई दया गर्छु ।
- स्वतन्त्र पत्रकार तथा सामाजिक अभियन्ता
ईटहरी २० तरहरा
