सुदन गुरुङको सुरक्षाको माग गर्दै तमुधिं यूके

0

भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको आवाजलाई दमन गर्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ।

sudhan-min

लन्डन । जेनजी आन्दोलनका नेता सुदन गुरुङको जीवन जोखिममा परेको भन्दै तमुधिं यूकेले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

गुरुङलाई हतोत्साहित गरी ज्यानै लिनेसम्मको नियतले केही शक्ति लागिरहेको खबरले आफू चिन्तित भएको तमुधिं यूकेले जनाएको छ। संस्थाले उनको सुरक्षाको लागि सरकार पूर्ण जिम्मेवार हुनुपर्ने माग गरेको छ।

अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा. विशाल गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ २३ गते भएको जेन–जी आन्दोलनमा सरकारी दमनका कारण ज्यान गुमाएका ७३ युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको आवाजलाई दमन गर्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *