कृपर्या पढ्न नछुट्याउनुहोला, ईतिहासमा स्वर्गीय खेमराज गुरुङ (संक्षिप्तमा)
काठमाडौं, २०८२ भदौ १ – नेपाली साङ्गीतिक क्षेत्रका अमर स्रष्टा खेमराज गुरुङको नवौँ स्मृति सभा भव्यताका साथ सम्पन्न भएको छ। खेमराज गुरुङ ट्रस्टले आयोजना गरेको यस कार्यक्रममा दुई स्रष्टालाई सम्मान गरिएको छ।
यस वर्षको ‘खेमराज गुरुङ स्मृति पुरस्कार’ स्रष्टाद्वय क्षेत्रबहादुर गुरुङ र विपिन किरण लाई प्रदान गरिएको हो। उनीहरूलाई पूर्व नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले संयुक्त रूपमा सम्मान पत्र र नगद सहित पुरस्कृत गर्नुभएको थियो।

इतिहासमा स्वर्गीय खेमराज गुरुङ (संक्षिप्तमा)
स्वर्गीय खेमराज गुरुङ नेपाली सांगीतिक क्षेत्रका एक लोकप्रिय गायक तथा संगीतकार हुन्। उनको जन्म २०३१ साल माघ १ गते संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-४ मा भएको थियो। पूर्वी पहाडी लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने श्रेय उनलाई जान्छ।
प्रमुख उपलब्धि र योगदान:
- चर्चित गीतहरू: खेमराज गुरुङको नाम लिनेबित्तिकै सबैले सम्झिने गीत “वारी जमुना पारी जमुना” हो। यो गीत २०५८ सालमा उनको एल्बम ‘जीवन भाग २’ मा समावेश थियो र यसले उनलाई विश्वभरि नै चिनायो। यो गीत विश्वका १०० उत्कृष्ट गीतहरूमध्येमा पनि परेको थियो। यसबाहेक उनका “आलु तामाले”, “भन्छन् बुढापाकाले”, “धरान-पोखरा”, “बेहाल भयो जिन्दगी यो” लगायतका दर्जनौं गीतहरू निकै लोकप्रिय छन्।
- एल्बमहरू: उनले “जीवन”, “जीवन–२”, “अनमोल”, “घुमफिर”, “धरान-पोखरा”, “सोल्टी”, “आलुतामा”, “ढाक्रे” जस्ता सफल एल्बमहरू बजारमा ल्याएका थिए।
- सांगीतिक शैली: उनी विशेष गरी लोक तथा आधुनिक गीतहरूमा कलम चलाउँथे र उनको पूर्वेली लोकभाकाको शैलीले धेरैको मन जितेको थियो। उनका गीतहरूमा सामाजिक तथा नैतिक सन्देशहरू पनि पाइन्थे।
राजनीति र सामाजिक संलग्नता:
संगीतसँगै उनी राजनीतिमा पनि सक्रिय थिए। उनी नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियूको जिल्ला कमिटी सदस्य तथा संखुवासभाको राष्ट्रिय जनसांस्कृतिक मञ्चका अध्यक्ष पनि थिए। उनको निधनपछि उनका केही राजनीतिक तथा सामाजिक सपनाहरू पनि अधुरै रहेका छन्।
निधन:
लोकप्रिय गायक खेमराज गुरुङको २०७३ साल भदौ ९ गते ४२ वर्षको उमेरमा कलेजोमा गम्भीर संक्रमणका कारण निधन भएको थियो। उनको निधनले नेपाली संगीत क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।
उनको योगदानको सम्मान गर्दै २०७४ सालमा “खेमराज गुरुङ ट्रस्ट” स्थापना गरिएको छ। यस ट्रस्टले नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्न र अग्रज स्रष्टाहरूलाई सम्मान गर्न विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
कार्यक्रममा प्रमुख अतिथि डा टेकबहादुर घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको साथै समाजसेवी अनुराधा कोइराला, वरिष्ठ सङ्गीतकर्मीहरू राजु सिंह, वसन्त सापकोटा, लोचन भट्टराई, राजेशपायल राई, लाक्पा शेर्पा, राजु परियार र भविन ढुङ्गाना लगायत विभिन्न क्षेत्रका महानुभावहरूको उपस्थिति रहेको थियो।
स्मृति सभाको अवसरमा खेमराज गुरुङका सुपुत्र शुभम गुरुङ, राजु बाह्रकोटी र सङ्खुवासभा कलाकार मञ्चका कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।
खेमराज गुरुङको परिवारद्वारा सबैलाई धन्यवाद
यसैबीच, दिवंगत गायक खेमराज गुरुङको परिवारले स्मृति सभा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गरेको छ। परिवारले सामाजिक संजाल फेशबुक नोट मार्फत कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य समय प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
फेशबुक नोटमा भनिएको छ, ू२०८२ श्रावण ३१ गते खेमराज गुरुङ ट्रस्टले आयोजना गरेको स्रष्टा सम्मान तथा प्रतिभा पुरस्कार कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई भव्य र सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनुभएकोमा सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, कलाकार लगायत उपस्थित सम्पूर्ण महानुभावज्यूहरूमा हाम्रो परिवारको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछौँ।ू
फेशबबु नोट स्वर्गीय खेमराज गुरुङकी आमा तुलसीमाया गुरुङ, दिदी चञ्चला गुरुङ, बहिनीहरू यमुना गुरुङ र बबिता गुरुङ, तथा छोराहरू शुभम गुरुङ र सालिन गुरुङले जारी गर्नुभएको हो ।





