स्व. खिम बहादुर पुनको न्यायको यात्रामा एनआरएनए माल्टा
माल्टा, गोजो । गोर्खा खबर
२९ साउन २०८२
एनआरएनए माल्टा राष्ट्रिय समन्वय परिषद्को समन्वयमा माल्टा तथा गोजोमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले स्व. खिम बहादुर पुनका लागि न्यायको माग गर्दै माल्टाको राजधानीस्थित संसद भवन अगाडि दबाब कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा सहभागीहरूले उपस्थित भई आवाजलाई सबल बनाउन सहयोग पुर्याउने सबैप्रति एनआरएनए माल्टा राष्ट्रिय समन्वय परिषद्ले आभार व्यक्त गरेको छ ।
उपमहासचिवमा किरण बुढाथोकीले गोर्खा खबरसँग कुरा गर्दै विश्वासका साथ भने, “राजधानीको संसद भवन अगाडि गरिएको यस कदमले सम्बन्धित निकायहरूको ध्यान आकर्षित गर्नेछ र न्यायको प्रक्रियालाई अघि बढाउन सहयोग पुर्याउनेछ।”
उपस्थितिहरूको ऐक्यबद्धता, माया र समर्थनले न्यायको अभियानलाई अझ दृढ बनाएको आयोजकहरूको भनाइ छ। “यो कठिन यात्रामा तपाईंहरूजस्तो साथ पाउनु हाम्रो लागि ठूलो बल हो,” बुढाथोकीले थपे।
आयोजकले भविष्यमा पनि एकता र सहकार्यको भावना कायम राख्दै स्व. खिम बहादुर पुनका लागि न्यायको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
