धरानमा ‘AQ Cake and More’ को ग्राण्ड ओपनिङ:
हङकङको अनुभव बोकेका युवा व्यवसायीद्वारा नयाँ यात्रा सुरुवात
धरान, ११ असोज । गोर्खा खबर
धरान–२ स्थित निकेतन गल्ली (भित्र बजार) मा अत्याधुनिक सेवा, स्वाद र गुणस्तरलाई प्राथमिकता दिँदै ‘AQ Cake and More’ बेकरीको ग्राण्ड ओपनिङ गरिएको छ।
कोशी प्रदेश सभाका सांसद विजय कुमार राईले धरानका प्रबुद्ध व्यक्तित्व तथा स्थानीय गन्यमान्य नागरिकहरूको बाक्लो उपस्थितिबिच रिवन काटेर बेकरीको औपचारिक समुद्घाटन गर्नुभएको हो।
‘AQ Cake and More’ का प्रोप्राइटर अनन राई हङकङको हस्पिटालिटी क्षेत्रमा लामो अनुभव संगालेर स्वदेश फर्किएका युवा हुन्। विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई आफ्नै जन्मभूमिमा उपयोग गर्दै उद्यमी बन्ने उद्देश्यका साथ उनले यो व्यवसाय सञ्चालनमा ल्याएका हुन्।
हङकङमा रहँदा नेपाली कलाकार तथा समुदायलाई निरन्तर सहयोग गर्दै आएका राई धरानका स्थापित, सहयोगी तथा सामाजिक एवम् राजनीतिक रूपमा परिचित युवा व्यक्तित्व हुन्।
ग्राण्ड ओपनिङ अवसरमा सञ्चालक राईले दैनिक उपभोगका साथै विशेष उत्सवहरूका लागि गुणस्तरीय बेकरी सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
बेकरीमा विभिन्न प्रकारका स्वादिष्ट तथा आकर्षक केक, कपकेक, पेस्ट्री, कुकीजका साथै ग्राहकको माग र रुचि अनुसारका ‘कस्टम अर्डर’ समेत उपलब्ध गराइनेछ।
जन्मदिन, विवाह, एनिभर्सरी तथा अन्य विशेष समारोहका लागि आवश्यक जुनसुकै डिजाइनका केक तथा बेकरी सामग्री अर्डर गर्न सकिने जानकारी दिँदै राईले धरानबासीलाई अन्तर्राष्ट्रिय स्तरको स्वाद र आतिथ्य प्रदान गर्ने लक्ष्य राखिएको बताए।

(तस्बिर: विवेक श्रेष्ठ)
