रसुवाका बाढी तथा पहिरो पीडितका लागि तामाङ घेदुङ इटहरी वडा १९ र २० द्वारा रु. ७१,९४० राहत सङ्कलन

0
Tamang news

इटहरी । रसुवामा हालै आएको विनासकारी बाढी तथा पहिरोबाट प्रभावित भएका पीडितहरूका लागि नेपाल तामाङ घेदुङ संघ इटहरी वडा नम्बर १९ र २० को संयुक्त आयोजनामा राहत एवं सहयोग सङ्कलन अभियान सम्पन्न भएको छ।

अभियानका क्रममा सङ्कलन भएको जम्मा रु. ७१,९४० (एकहत्तर हजार नौ सय चालिस रूपैयाँ) नेपाल तामाङ घेदुङ संघ इटहरीलाई हस्तान्तरण गरिएको जानकारी सचिव दिल कुमार तामाङले दिनुभएको छ।

उक्त सङ्कलित रकम प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमै पुगेर वास्तविक पीडितहरूलाई वितरण गर्नका लागि संघकी उपाध्यक्ष कुमारी मोक्तान तामाङलाई जिम्मेवारी दिइएको छ। उपाध्यक्ष मोक्तान आफैँ राहत लिएर रसुवाको प्रभावित क्षेत्र प्रस्थान गर्ने जनाइएको छ।

राहत रकम हस्तान्तरण कार्यक्रम नेपाल तामाङ घेदुङ संघ इटहरीका अध्यक्ष मोहन लोप्चान तामाङ, धर्मगुरु (लामा गुरु), तामाङ घेदुङ संघ इटहरी वडा १९ का निमा तामाङ, विभिन्न क्षेत्रका दाताहरू (सहयोगी मनहरू) तथा स्थानीय सञ्चारकर्मीहरूको गरिमामय उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमको सुरुवातमा लामा गुरुबाट धार्मिक विधिअनुसार ‘हनिमालम’ गरी ‘ओम् मनि पेमे हुँ’ मन्त्र जपसहित विशेष पूजापाठ गरेर अनुष्ठान एवं शुभकामाना व्यक्त गरिएको थियो।

दाताहरूको सहयोग र घेदुङको सक्रियतामा सङ्कलित यो सहयोगले रसुवाका पीडितहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *