तरहरा साइकलिङ क्लबको चेकमार्फत आर्थिक सहयोग हस्तान्तरण
तरहरा साइकलिङ क्लबले “बाढीपीडितलाई हाम्रो साथ, Pedal for Hope” भन्ने नाराका साथ आयोजना गरेको साइकल राइड सफलतापूर्वक सम्पन्न भएको छ। इटहरी उपमहानगरपालिकाका विभिन्न वडाहरू परिक्रमा गर्दै सञ्चालन गरिएको यस राइडमार्फत संकलित आर्थिक सहयोग इटहरी वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठलाई चेकमार्फत हस्तान्तरण गरिएको छ।
विपद्को यस कठिन घडीमा आफ्नो क्षमता र इच्छाअनुसार सहयोग पुर्याउनुहुने सम्पूर्ण क्लब सदस्य, साथीभाइ तथा सहयोगी मनहरूप्रति आयोजक क्लबले हार्दिक आभार व्यक्त गरेको छ।
