गुरुङ समुदायबाट रू. ७२,५७५ राहत रकम
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद (इटहरी वडा नं. १९ र २०, साविक हाँसपोसा) को कार्यसमिति तथा गुरुङ गुम्बाको पहलमा स्थानीय इटहरी, तरहरा गुरुङ समुदायका बासिन्दाहरूबाट सङ्कलित रू. ७२,५७५ राहत रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने भएको छ। उक्त रकम इटहरी उपमहानगरपालिका वडा नं. २० को कार्यालयमार्फत हस्तान्तरण गर्ने निर्णय गरिएको हो।
सहयोगका सन्दर्भमा बोल्दै संस्थाका अध्यक्ष दलबहादुर गुरुङले भन्नुभयो, “विपत्तिको समयमा एक–अर्कालाई सहयोग गर्नु नै हाम्रो मुख्य सामाजिक दायित्व हो। गुरुङ समुदायका सदस्यहरूले देखाउनुभएको यो आत्मीयता र सहयोगले बाढीपीडित परिवारलाई पुनरुत्थानमा सानो भए पनि सहयोग पुग्नेछ। सहयोग हस्तान्तरणमा सहभागी हुने र रकम उपलब्ध गराउने सबैप्रति समाज हार्दिक धन्यवाद व्यक्त गर्दछ।”
