ओम साई डायमण्डको नयाँ शोरुम सञ्चालनमा, डायमण्डका गहनामा ५०% सम्म छुट

0
om sai jewellers

इटहरी । इटहरीको पहिलो डायमण्ड सर्टिफाइड शोरुम ‘ओम साई डायमण्ड’ ले न्यु ओम साई गहना गृहको २१औँ वार्षिकोत्सवको अवसर पारेर नयाँ शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

नयाँ शोरुम सञ्चालन तथा आगामी हरितालिका तीज र चाडपर्वलाई लक्षित गर्दै कम्पनीले डायमण्डका गहनामा ५० प्रतिशतसम्म छुटसुनका गहनामा विशेष छुटको व्यवस्था गरेको छ।

शोरुमका सञ्चालक ओम लामिछानेको भनाइ अनुसार, “हामीले ग्राहकहरूको लामो समयदेखिको विश्वासलाई कदर गर्दै नयाँ पुस्ताको रोजाइ र बदलिँदो आधुनिक शैलीलाई ध्यानमा राखेर प्रमाणित र उत्कृष्ट प्राकृतिक हिराका गहनाहरू एकै छतमुनि उपलब्ध गराएका छौँ।”

सञ्चालक प्रकाश लामिछानेका अनुसार नयाँ पुस्ताको रोजाइ र बजारको मागलाई ध्यानमा राख्दै प्रमाणित प्राकृतिक हिरा (Natural Diamond) का आकर्षक र अत्याधुनिक डिजाइनका गहनाहरू उपलब्ध गराइएको छ। प्रमाणित गुणस्तर र भारी छुटका कारण उद्घाटनका दिन शोरुममा ग्राहकहरूको उल्लेख्य तथा उत्साहजनक उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *