इटहरीमा ‘स्मार्ट सहजिलो ट्राभल एण्ड टुर’को कार्यालय उद्घाटन

0
travels sajilo

इटहरी । इटहरीको पश्चिम लाइनस्थित एनसेल गल्लीभित्र स्मार्ट सहजिलो ट्राभल एण्ड टुर प्रा.लि. को आधिकारिक कार्यालय सञ्चालनमा आएको छ। कम्पनीका फाउन्डर तथा म्यानेजिङ डाइरेक्टर गणेश अधिकारी, मार्केटिङ म्यानेजर सुजन अधिकारी र बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाले संयुक्त रूपमा कार्यालयको उद्घाटन गर्नुभएको हो।

केही समयअघिदेखि सञ्चालन हुँदै आएको स्मार्ट सहजिलो ट्राभल एण्ड टुरले अब आफ्नै कार्यालयमार्फत सेवा विस्तार गर्ने जनाएको छ। कम्पनीले पर्यटकीय बस सेवा, होटल बुकिङ, टुर प्याकेज, ट्राभल इन्स्योरेन्स, गाइड सेवा लगायत विद्यार्थी तथा विभिन्न समूहका लागि आवश्यक ट्राभल तथा टुरसम्बन्धी सेवा उपलब्ध गराउनेछ।

‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस ट्राभलले मुस्ताङ, पोखरा, चितवन, लुम्बिनी, रारा लगायतका गन्तव्यहरूका लागि विशेष टुर प्याकेज सञ्चालन गर्ने जनाएको छ।

नयाँ कार्यालयमार्फत अब इटहरीबाटै पर्यटकीय बस सेवा, होटल बुकिङ, ट्राभल इन्स्योरेन्स र गाइडसहितको एकीकृत सेवा थप सहज, व्यवस्थित र भरपर्दो रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *