बाढीपीडितको राहतका लागि खोटाङ गुरुङ (तमु) सेवा समाजद्वारा १ लाख ३९,५२० रुपैयाँ सङ्कलन

0
kathmandu khotang MAINA gurung

काठमाडौँ । भोटेकोशी, रसुवा र त्रिशुली क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित भएका पीडितहरूको उद्धार र राहतका लागि खोटाङ गुरुङ (तमु) सेवा समाज काठमाडौँ ले आर्थिक सहयोग सङ्कलन सम्पन्न गरेको छ। समाजमा आबद्ध ४५ भन्दा बढी सदस्य तथा महानुभावहरूबाट प्राप्त स्वैच्छिक सहयोगबाट कुल रु. १,३९,५२०/- (अक्षरेपी एक लाख उनन्चालिस हजार पाँच सय बीस रुपैयाँ) सङ्कलन गरिएको हो।

सङ्कलित रकम समाजका सदस्यहरूले औपचारिक रूपमा समाजका अध्यक्ष होमनाथ गुरुङ लाई हस्तान्तरण गर्नुभएको छ। प्राकृतिक विपत्तिको यो कठिन घडीमा बाढीपीडितहरूलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्यले सङ्कलित उक्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोष मा जम्मा गर्ने निर्णय गरिएको छ।

सहयोग सङ्कलन तथा हस्तान्तरण कार्यक्रमका विषयमा जानकारी दिँदै समाजकी सचिव मैना गुरुङले भन्नुभयो, खोटाङ गुरुङ (तमु) सेवा समाज काठमाडौँले २०८३ भाद्र १० गते आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी, रसुवा र त्रिशुलीका बाढीपीडितहरूको राहतका लागि आर्थिक सहयोग सङ्कलन अभियान चलाएको थियो ।

सहयोग सङ्कलन तथा हस्तान्तरण कार्यक्रमका विषयमा जानकारी दिँदै समाजकी सचिव मैना गुरुङ ले भन्नुभयो, “खोटाङ गुरुङ (तमु) सेवा समाज काठमाडौँले २०८३ भाद्र १० गते आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी, रसुवा र त्रिशुलीका बाढीपीडितहरूको राहतका लागि आर्थिक सहयोग सङ्कलन अभियान चलाएको थियो ।

उहाँले थप्नुभयो, “समाजका आदरणीय सदस्य महानुभावहरूबाट प्राप्त जम्मा एक लाख ३९ हजार ५२० रुपैयाँ रकम समाजका अध्यक्ष होमनाथ गुरुङलाई हस्तान्तरण गरिएको छ र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने निर्णय गरिएको छ ।”

त्यस्तै, संस्थाका अध्यक्ष होमनाथ गुरुङ ले सहयोगदाताहरूप्रति आभार प्रकट गर्दै थप्नुभयो, “विपत्तिको समयमा एक–अर्कालाई सहयोग गर्नु नै हाम्रो मुख्य सामाजिक दायित्व हो। काठमाडौँमा रहेका खोटाङ्गे गुरुङ समुदायका सदस्यहरूले देखाउनुभएको यो आत्मीयता र सहयोगले बाढीपीडित परिवारलाई पुनरुत्थानमा सानो भए पनि सहयोग पुग्नेछ। सहयोग हस्तान्तरणमा सहभागी हुने र रकम उपलब्ध गराउने सबैप्रति समाज हार्दिक धन्यवाद व्यक्त गर्दछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *