एमाले सचेतकलाई गृहमन्त्रीले दिए झापड !!
‘पुरानो युगको सोच’ त्याग्न गृहमन्त्री सुधन गुरुङको कडा प्रहार
विपद् व्यवस्थापन र उद्धार अभियानका क्रममा देखिएको उपस्थिति तथा कार्यशैलीलाई लिएर नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पाखण्डी तरिकाले आलोचना गरेपछि गृहमन्त्री सुधन गुरुङले महरलाई गतिलो झापड दिएका छन् ।
कुर्सीमा नबसेर उद्धारस्थलमा नै खटिएका युवा गृहमन्त्रीको चर्चाले छट्पटिएका एमालेले यो विपद्को समयमा साथ, सहयोग दिनका सट्टा उल्टो आलोचना गर्दै गृहमन्त्रीमाथि स्टन्ट गरेको आरोप लगाएपछि यो झापड भेटेका हुन् ।
कम्तिमा महर जतिको युवा नेताबाट यस किसिमको पाखण्डी टिप्पणी नहुनु पर्नेमा बुढा नेताहरुकै भाषा बोलिएपछि उल्टो उनीमाथि टिप्पणी र आलोचना भएको छ ।
महरको आलोचनापछि गृहमन्त्री गुरुङले मन्त्रालयको कुर्सीमा बसेर फाइल समात्नुलाई मात्रै नेतृत्व मान्नु पुरानो युगको सोच भएको भन्दै प्रविधिको प्रयोगबाट अनलाईन काम भईरहेको, काठमाडौँ कमान्ड सेन्टर र अन्य सेन्टरबाट स्रोत–साधनको परिचालन गर्ने र सुरक्षा निकायबिच प्रभावकारी समन्वय गर्ने काम भईरहेको बताएका छन् ।
उनले टेबल पछाडि बसेर आदेश दिने परम्परागत प्रणालीले वर्षौँदेखि देशलाई सही परिणाम दिन नसकेको तर्क गर्दै डिजिटल माध्यमबाट हरेक ४ घण्टामा अनलाइन बैठक र कमान्ड सञ्चालन भइरहेकाले काम धेरै छिटो र प्रभावकारी बनेको स्पष्ट बताएका छन् ।
उनले प्रक्रियाभन्दा परिणाम मुख्य हुने स्पष्ट पार्दै आफू कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा नतिजामा ध्यान दिन आग्रह गरेका छन्।
यसैबिच, त्रिशूली ‘ए’ को सुरुङभित्र १० दिनदेखि फसेका दुई जनाको जीवितै सफल उद्धार भएको छ।
कठिन चुनौतीका बाबजुद रातदिन खटिएर मानिसहरूको जीवन रक्षा गर्न सफल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई गृहमन्त्रीले धन्यवाद ज्ञापन गरेका छन्।
साथै, अभियानमा निरन्तर खटिएका माननीय सागर ढकाल र श्रीराम न्यौपानेको प्रयासको उच्च कदर गर्दै अन्य सुरुङहरूमा पनि उद्धार कार्य निरन्तर जारी रहेको जानकारी दिएका छन्।
