प्रथम कार्र्टुनिष्ट स्वर्गीय अर्जुन राईप्रति तरहरा समाजद्धारा श्रद्धाञ्जली
गोर्खा खबर इटहरी
तरहराका स्थानीय समुदाय, तरहरा समाजले, हिजो राती तरहराकै प्रथम कार्र्टुनिष्ट स्वर्गिय अर्जुन राईको सम्झनामा एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । स्थानीयबासीले दीप प्रज्वलन गरी आफ्नो सम्मान तथा समवेदना प्रकट गरेका थिए।
तरहराका पहिलो कार्टुनिष्ट राईसँग बाँसको जराबाट सिर्जनात्मक कला बनाउनमा प्रतिभा समेत भएको, स्थानीय युवा व्यवसायी श्रीभक्त गिरीले बताए ।
तरहरा चोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनको जीवन मनाउन र शोकमा परेको परिवारलाई समर्थन गर्न हङकङ तरहहरा मञ्चका पूर्व अध्यक्ष कालसिं राई, जनसहयोग स्कूल २०५० ब्याचका अध्यक्ष सन्तोष श्रेष्ठ, तरहरा रनका अध्यक्ष शिव राई, तरहरा साईक्लि क्लबका सदस्य एवम् कोरा २०८३ का संयोजक मदन बस्नेत, आँपगाछीबाट समाजसेवी मिलन राई लगायतका उपस्थिति थिए।
मञ्चका अध्यक्ष राईले अर्जुन राईको योगदान र वरपरका मानिसहरूमा परेको सकारात्मक प्रभावलाई सम्झिदै तिन चुलोमा बाँस होस् भनि कामना गरे । त्यसैग्रि, तरहरा रनका अध्यक्ष राईले शोक सन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गरे। उनले श्रद्धाञ्जलीमा सहभागी सबैलाई सहयोगका लागि धन्यवाद पनि दिए ।
स्वंर्गिय अर्जुन राईको परिवारका तर्फबाट उनकी छोरी अदीपशा राईले सहयोगी भावनाका लागि तरहरा समुदायलाई परिवारका तर्फबाट औपचारिक धन्यवाद दिइन्। श्रद्धाञ्जली कार्यक्रममा उनका छोरा पनि उपस्थित थिए।
श्रद्धाञ्जली कार्यक्रमको संचालन मुक्तिनाथ घिमिरेले गरेका थिए। इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मणीराम श्रेष्ठसँगको सल्लाह र समन्वयमा गरिएको कार्यक्रममा श्रेष्ठ अचानक धरान जानु पर्ने भएकोले, उनको उपस्थीति रहेन । डियर क्लब अफ तरहराका अध्यक्ष सीजन गुरुङ्गले पनि समयाभावले उपस्थीति हुन नसकेकोमा जानकारी गराउदै राईको परिवार प्रति सहानुभूति रहेको भन्दै मृत आत्माको चीर शान्तिको कामना गरेको सन्देश पठाएका थिए ।
सार्वजनिक रुपमा यसरी शोकसभा र श्रद्धाञ्जली अर्पणको शुरुवात तरहराले गरेको हो । यसअघि, तरहरावासी स्वर्गीय सुर्य राईको पनि समाजले यसरी कार्यक्रम राखेको थियो ।
यहाँ क्लिक गरेर फेशबुकमा हेर्नुहोस् ।
