तरहराका प्रथम कार्टुनिस्ट अर्जुन राईको निधन

0
Arjun Rai

इटहरी वडा नं. २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले तरहराले एक बहुप्रतिभाशाली युवा गुमाएकोमा दुख व्यक्त गर्नुहुदै तरहराले स्वर्गीय राईले सदा सम्झिने बताउनुभयो ।

तरहरा । गोर्खा खबर

सुनसरीको इटहरी(२०, तरहरा (साबिक हंसपोसा गाविस वडा नं. २) तरहरा चोक निवासी, तरहराकै पहिलो कार्टुनिस्टको रूपमा चिनिएका अर्जुन राईको दुःखद निधन भएको छ । स्व. राई तरहराको कला, खेलकुद र सामाजिक क्षेत्रका एक नक्षत्र हुनुहुन्थ्यो। तत्कालीन समयमा उहाँ फुटबल खेलाडी, कुशल डान्सर र आफ्नो स्टाइलिस फेसनका कारण युवाहरूमाझ चर्चित हुनुहुन्थ्यो।

युवा स्पोट्र्स क्लब (YSC) सँग आबद्ध हुनुहुन्थ्यो। विशेष गरी नेवार समुदायको परम्परागत चाड गाईजात्राका अवसरमा उहाँले देखाउने कला अद्भुत थियो। गाईजात्रा—जुन दिवंगत पितृहरूको सम्झना र समाजका विकृति-विसंगतिमाथि व्यङ्ग्य गरिने विशेष पर्व हो—त्यस दिन उहाँले समसामयिक विषयमा तीखा कार्टुन चित्रहरू कोर्नुहुन्थ्यो। ड्रइङ पेपरमा कोरिएका ती कार्टुनहरू हरेक वर्ष तरहरा चोकमा सर्वसाधारणका लागि प्रदर्शन गरिन्थ्यो, जसलाई हेर्न चोकमा मानिसहरूको भीड लाग्ने गर्दथ्यो।

पारिवारिक स्रोतका अनुसार हाल उहाँको पार्थिव शरीरलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) को मर्चरीमा राखिएको छ। अस्ट्रेलियामा रहेकी छोरी नेपाल आइपुगेपछि मात्र उहाँको अन्तिम दाहसंस्कार गरिनेछ। उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ।

इटहरी वडा नं. २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले तरहराले एक बहुप्रतिभाशाली युवा गुमाएकोमा दुख व्यक्त गर्नुहुदै तरहराले स्वर्गीय राईले सदा सम्झिने बताउनुभयो । तरहरावासीले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

गोर्खा खबरको स्वर्गीय राई शुभेच्छुक हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *