गृहमन्त्री सुदन गुरुङलाई धरानमा भव्य स्वागत

0
Sudhan gurung dharan

धरान । गृहमन्त्री भएपछि पहिलोपटक धरान आइपुगेका सुदन गुरुङलाई स्थानीयबासीले निकै उत्साह र खुसीका साथ हार्दिक स्वागत गरेका छन्। धरान आइपुगेलगत्तै उनले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र भावनाहरू बुझेका थिए।

सो क्रममा गृहमन्त्री गुरुङले यसअघि धरानमा चिकित्सा क्षेत्रको सुधारका लागि भएको ‘सेभ घोपा’ आन्दोलनमा निःस्वार्थ सहयोग गर्ने सम्पूर्ण अभियन्ता तथा स्थानीयहरूलाई विशेष धन्यवाद समेत ज्ञापन गरे।

जनतासँगको भेटघाट र धरानका विभिन्न क्षेत्रको अवलोकनपछि गृहमन्त्री गुरुङ आज राति धनकुटाको पर्यटकीय क्षेत्र भेडेटारमा बास बस्ने स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *