गृहमन्त्री सुदन गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण

0
sudhan gurung (1)

विराटनगर, २० असार । माननीय गृहमन्त्री सुदन गुरुङले आज (आइतबार) जिल्ला प्रहरी कार्यालय, मोरङको आकस्मिक निरीक्षण तथा अवलोकन गर्नुभएको छ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले कार्यालयका विभिन्न शाखाहरू, हिरासत कक्ष, तथा स्टाफ ब्यारेकको स्थलगत वस्तुस्थिति नियाल्नुभएको थियो। सो अवसरमा उहाँले कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूको पीर, मार्का र गुनासाहरूका बारेमा समेत विस्तृत जानकारी लिनुभयो।

निरीक्षणपश्चात् आयोजित संक्षिप्त कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा आपसी भाइचारा र सहयोगी भावनाका साथ अघि बढ्न आग्रह गर्नुभयो। उहाँले आफ्नो आचरण र व्यवहारमा निरन्तर सुधार ल्याउँदै, काम कर्तव्य, जिम्मेवारी र अधिकारको पूर्ण पालना गर्न निर्देशन दिनुभयो।

“सङ्गठनको हित र उद्देश्यलाई सदैव प्राथमिकतामा राखी आम नागरिकले महसुस गर्ने गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न कत्ति पनि कसर बाँकी नराख्नुस्,” गृहमन्त्री गुरुङले भन्नुभयो।

निरीक्षण कार्यक्रममा जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *