गृहमन्त्री सुदन गुरुङद्वारा सुनसरी र सीमावर्ती क्षेत्रको सुरक्षा अनुगमन सुरु

0
Sudhan Gurung ex Home Minister

गोर्खा खबर । इटहरी, सुनसरी

पूर्वी नेपालको भ्रमणमा रहनुभएका गृहमन्त्री सुदन गुरुङ सुनसरीको इटहरीबाट पकलीस्थित सशस्त्र प्रहरी बल एपिएफको क्याम्पतर्फ प्रस्थान गर्नुभएको छ।

पकली क्याम्पमा आयोजना हुने विशेष बैठकमा गृहमन्त्री गुरुङले त्यहाँको वस्तुस्थिति, उपलब्ध जनशक्ति, र वर्तमान सुरक्षा अवस्थाबारे सशस्त्र प्रहरीका कमान्डरहरूसँग निरीक्षण तथा उच्चस्तरीय छलफल गर्नुहुने कार्यक्रम रहेको छ।

स्रोेतका अनुसार, पकली क्याम्पको निरीक्षण र सुरक्षा अधिकारीहरूसँगको छलफल समाप्त गरेलगत्तै उहाँले सुनसरी जिल्लाका विभिन्न संवेदनशिल तथा सीमावर्ती नाकाहरू लगायतका क्षेत्रहरूमा पुगी विशेष सुरक्षा अनुगमन गर्ने कार्यतालिका रहेको छ।

सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा सम्भावित विपद् व्यवस्थापनको पूर्वतयारीलाई सुदृढ बनाउन गृहमन्त्रीको यो स्थलगत अनुगमनलाई निकै चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *