फुजिसान स्पोटर्स मिट भोलिदेखि भव्य
इटहरी, सुनसरी – इटहरीकै अग्रणी र नमुना शैक्षिक संस्थाको रूपमा स्थापित फुजिसान सगरमाथा बोर्डिङ स्कुलले आफ्नो वार्षिक खेलकुद महोत्सव ‘फुजिसान स्पोटर्स मिट २०८२’ भोलिदेखि भव्य रूपमा सुरु गर्दैछ। इटहरी–१९, भवानीपुरस्थित विद्यालयको आफ्नै खेलमैदानमा हुने यो कार्यक्रम फागुन ५ देखि ८ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव कुमार विष्टले गर्नुहुनेछ।
अन्तर्राष्ट्रिय स्तरको आफ्नै भव्य भवन, फराकिलो हाता र अत्याधुनिक प्रयोगशालासहितको फुजिसान सगरमाथाले ‘स्टिम’ (STEAM) शिक्षा र व्यवहारिक सिकाईलाई प्राथमिकता दिँदै आएको छ। गुणस्तरीय शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत यस विद्यालयले पूर्वी नेपालमै आफ्नो छुट्टै पहिचान बनाएको छ।
विद्यालयको यो सफलताको श्रेय युवा प्रिन्सिपल तथा निर्देशक राकेश श्रेष्ठलाई जान्छ।
शिक्षा क्षेत्रमा कल्पनाभन्दा बाहिरको लगानी र समर्पण देखाउनुभएका श्रेष्ठ एक कुशल व्यवस्थापक र समाजसेवीका रूपमा चिनिनुहुन्छ। उहाँको नेतृत्वले विद्यालयलाई एक सुरक्षित र प्रविधिमैत्री शैक्षिक केन्द्रमा रूपान्तरण गरेको छ।
निर्देशक राकेश श्रेष्ठलाई द इमर्जिङ युथ अवार्डबाट विशेष सम्मान

शिक्षा र समाजसेवामा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै दोस्रो तरहरा उत्सव २०८२ को अवसरमा निर्देशक राकेश श्रेष्ठलाई द इमर्जिङ युथ अवार्डबाट विशेष सम्मान गरिने भएको छ। आयोजकका अनुसार श्रेष्ठको शैक्षिक क्रान्ति र समाजप्रतिको उत्तरदायित्व अरू युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
“शिक्षालाई खेलकुदसँग जोड्दै बालबालिकाको सर्वाङ्गीण विकासमा लाग्नुभएका श्रेष्ठलाई सम्मान गर्न पाउनु तरह्रा उत्सवका लागि गौरवको विषय हो,” तरहरा उत्सवले भनेको छ ।
