धरान रन, खेलकुदसँगै शिक्षामा पनि फड्को:१३ विद्यार्थीलाई छात्रवृत्ति वितरण,

0
Dharan Run News

धरान रनको ऐतिहासिक सफलताको पछाडि यसले खेलकुदलाई मात्र नभई सामाजिक सेवालाई पनि जोड्नु पनि रहेको, उपाध्यक्ष श्रेष्ठको कथन छ ।

धरान, सुनसरी | नेपालकै प्रतिष्ठित र सबैभन्दा ठूलो ‘रन’ उत्सवको पहिचान बनाएको धरान रनले आफ्नो सामाजिक उत्तरदायित्वलाई पुनः प्रमाणित गरेको छ। धरान रनको संरक्षक संस्था नेवाः च्यारिटी ट्रष्टले ‘नेवाः च्यारिटी एजुकेशन फण्ड’ मार्फत शनिबार एक विशेष कार्यक्रमका बीच १३ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै नेवाः च्यारिटी ट्रष्टका अध्यक्ष हेमन सुनुवारले धरान रन नेपालकै सबैभन्दा धेरै सहभागिता भएको स्ट्रीट रन मात्र नभई खेलकुदको माध्यमबाट समाजको शैक्षिक स्तर उकास्ने एक महाभियान रहेको, दाबी गर्नुभयो ।

“हामीले आयोजना गर्ने धरान रन केवल दौड मात्र होइन, यो समाज परिवर्तनको एउटा माध्यम पनि हो।”, सुनुवारले भन्नुभयो, “दौडबाट बचेको रकमलाई हामीले वर्षमा दुई पटक विद्यार्थीहरूको अध्ययन र उत्साहका लागि छात्रवृत्ति स्वरूप वितरण गर्दै आएका छौँ।”

यसैगरी, धरान रनका उपाध्यक्ष अविनाश श्रेष्ठले गोर्खा खबरसँग कुरा गर्दै छात्रवृत्तिले विद्यार्थीहरूलाई आफ्नो शिक्षालाई निरन्तरता दिन थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

छात्रवृत्ति पाउने विद्यार्थीहरुमा किरातेश्वर मा.वि.का नेहाम कार्की,पञ्चायत मा.वि.की उषा राई,ल्यावोरेटरी मा.वि.का असिम राई,निकेतन मा.वि.का नमुना कठेत रहेकाछन् । त्यसैगरी सदन मा.वि.का सोलिट राई,पञ्चकन्या मा.वि.का सर्मपण राई,किरातेश्वर मा.वि.की मनिता घलानी,निकेतन मा.वि.का तोहीद अन्सारी,सम्यक आधारभूत विद्यालयका सोया लामा,निहाङ्ग राई,किरातेश्वरका दिपाकुमारी चौधरी,शिक्षा ज्योति आ.वि.का सिमोन तामाङ्ग,ल्यावोटरीका विनिता भुजेल रहेका छन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा अध्यक्ष सुनुवारका साथै सल्लाहकार विकी पोद्दार लगायतको उपस्थिति रहेको थियो।

सन् २०११ मा धरानका युवाहरूको सक्रियतामा सुरु भएको धरान रन आज नेपालकै गौरव बनेको छ । सुरुवाती दिनमा शारीरिक तन्दुरुस्तीका लागि सानो समूहबाट सुरु भएको यो अभियानले “स्वास्थ्यका लागि दौड” भन्ने मूल मन्त्रलाई आत्मसात गरेको थियो।

विगत १४ वर्षमा यसले हजारौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूलाई धरानको सडकमा उतारेको छ।

धरान रनको ऐतिहासिक सफलताको पछाडि यसले खेलकुदलाई मात्र नभई सामाजिक सेवालाई पनि जोड्नु पनि रहेको, उपाध्यक्ष श्रेष्ठको कथन छ ।

यही दौडको जगमा उभिएर ‘नेवाः च्यारिटी’ ले विपन्न बालबालिकाको शिक्षा, स्वास्थ्य र दैवी प्रकोपमा सहयोग गर्दै आएको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।

अध्यक्ष सुनुवारले धरान रन नेपालकै सबैभन्दा धेरै सहभागिता भएको स्ट्रीट रनु मात्र नभई खेलकुदको माध्यमबाट समाजको शैक्षिक स्तर उकास्ने एक महाभियान रहेको, दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *